सुन चोरीको आरोपमा जेल चलान
गौशाला । सुन चोरीको आरोपमा महोत्तरी जिल्ला अदालतले आज दुई जनालाई जेल चलान गरेको छ ।
जेल चलान हुनेमा जलेश्वर नगरपालिका–२ बस्ने १९ वर्षीय कृष्ण श्रेष्ठ र २२ वर्षीय अजलम अली रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । त्यसैगरी सोही मुद्दामा जलेश्वर नगरपालिका–१ बस्ने २२ वर्षीय सन्तोषकुमार साहलाई रु एक लाख धरौटीमा छोडेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
श्रेष्ठ र अलीले जलेश्वर–२ बस्ने रसिना खातुन आफ्नो घरमा ताल्चा लगाई आफन्तको बिहेमा गएको मौका छोपी माघ १० गते राति सो घरको ताल्चा फुटाई सुन र चाँदीका गरगहना तथा नगद गरी रु दुई लाख ३२ हजार मूल्य बराबरको चोरी गरेका थिए ।
सुनको औँठी थान तीन, मङ्गलसूत्र थान एक र सुनको बल थान तीन जलेश्वर–१ अवस्थित सन्तोषकुमार साहको विष्णु ज्वेलर्समा बिक्री गरेको पाइएपछि प्रहरीले चोरीका गरगहना किनेको सन्तोषकुमार साहलाई पनि चोरीकै आरोपमा पक्राउ गरेको थियो ।
चोरी गरेको तथा चोरीका गरगहना किनेको कार्यमा संलग्न रहेका तीनमध्ये अदालतले श्रेष्ठ र अलीलाई पुर्पक्षको लागि जलेश्वर कारागारमा पठाएको छ भने साहलाई धरौटीमा रिहा गरेको छ ।
लागुऔषधसहित दुई युवक पक्राउ
महोत्तरी प्रहरीले लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–२३ बस्ने १६ वर्षीय सुनिलकुमार यादव र १६ वर्षीय रामजनम ठाकुर रहेको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।
गए राति जलेश्वर नगरपालिका–७ स्थित जिरोमाइलमा केही मानिस हो हल्ला गरिरहेको खबर पाएर जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिगएका प्रहरी टोलीले ती दुई युवकलाई नियन्त्रणमा लिएर जाँच गर्दा उनीहरूको साथबाट लागुऔषध बरामद भएको थियो ।
प्रहरीले ती दुवै युवकको साथबाट १५ ग्राम लागुऔषध गाँजा र नाइटोभेट नामक लागुऔषध ट्याब्लेट थान ३७ बरामद गरेको थियो । लागुऔषधसहित पक्राउ परेका दुवैलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी आवश्यक अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












