दाङमा ५७ हजार हेक्टर जमीन सिञ्चित गरिँदै
घोराही । दाङ समथर भूभाग भएको क्षेत्र भए पनि सिँचाइको सही व्यवस्थापन हुन नसक्दा अधिकांश जमीन बाँझै छन् । धेरैजसो जमीन आकाशे पानीको भरमा खेती भइरहेको छ ।
सिँचाइको अभाव हटाउन जिल्लामा पछिल्लो समय बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाअन्तर्गत करीब ५७ हजार हेक्टर जमीन सिञ्चित गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ । दुई वर्ष अघि स्थापना भएको आयोजनाअन्तर्गत हाल सानाखालका पोखरी तथा लिफ्ट सिँचाइ आयोजना सञ्चालनमा ल्याई सिँचाइको काम थालेको छ ।
प्रशस्त खेतीयोग्य जमीन भए पनि सिँचाइको अभावले जमीन बाँझै रहने स्थिति देखिएपछि जिल्लामा आयोजनाको काम थालिएको हो । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन तहमा आयोजनाको सञ्चालन गरिएको आयोजना कार्यालयका प्रमुख रमेशप्रसाद शर्माले जानकारी दिए ।
सानाखालका आयोजना हाल कार्यान्वयन भइरहेको र दीर्घकालीन आयोजनाका रूपमा लिइएको शारदा–दाङ र माडी–दाङ डाइभर्सनको प्रारम्भिक अध्ययन सम्पन्न गरी कार्यान्वयनको प्रक्रिया अघि बढिरहेको शर्माले जानकारी दिए ।
सञ्चालनमा ल्याइएका सबै आयोजना सम्पन्न भए केही वर्षभित्रै जिल्लाको करीब ५७ हजार हेक्टर जमीन सिञ्चित गर्न सकिने छ । माडी–दाङ डाइभर्सन योजनाबाट मात्रै दाङमा ४० हजार हेक्टर जमीन सिञ्चित गर्न सकिने प्रमुख शर्माले बताए । माडी–दाङ डाइभर्सनका लागि २५ किलोमिटर सुरुङ खनेर दाङमा पानी झारिनेछ । यस्तै माडी नदीको मुहान भएको रोल्पा नगरपालिका–५ स्थित पुरन गाउँमा बाँध निर्माण गरी १५० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको पनि शर्माले जानकारी दिए ।
सन् २००८ मा पहिलोपटक अध्ययन गरिएको माडी–दाङ डाइभर्सन योजनाको कामलाई हाल सरकारले प्राथमिकतामा राखेर अघि बढाइरहेको उनले बताए । यस्तै सल्यानको शारदा नदी र दाङलाई जोडेर शारदा–दाङ डाइभर्सनअन्तर्गत पनि १० हजार हेक्टर जमीनलाई सिञ्चित गर्ने गरी प्रारम्भिक अध्ययनको काम भइरहेको कार्यालयका सूचना अधिकारी मदनप्रसाद शाहले जानकारी दिए ।
जिल्लामा करीब ५७ हजार हेक्टर जमीनमा सिँचाइ अपुग रहेको सिँचाइ आयोजनाले जानकारी दिएको छ । वर्षाको पानी तथा जिल्लाका विभिन्न स्थानका खोलाबाट करीब आठ हजार हेक्टर जमीनमा मात्र सिँचाइ हुँदै आएको प्रमुख शर्माले बताए । “खेतीको प्रशस्त सम्भावना हुँदाहुँदै पनि सिँचाइको अभावले वर्षाको पानीलाई कुर्नपर्ने अवस्था दाङमा देखियो”, शर्माले भने, “यी तीनै तहका रणनीतिक योजना कार्यान्वयनमा आए समग्र जिल्लालाई सिञ्चित गर्न सकिने लक्ष्य राखेर बृहत् सिँचाइ आयोजनाले काम गर्दै आएको छ ।
जिल्लामा अल्प र मध्यकालीन योजनाअन्तर्गत हाल लिफ्ट सिँचाइ आयोजना तथा पोखरीको निर्माण कार्य जारी रहेको छ । गत आर्थिक वर्षमा दाङको बबई गाउँपालिका–३ धनवास, सोही ठाउँकै मृगोखोला र राणाखोला, शान्तिनगर गाउँपालिका–१ ज्यामिरेमा, २ को पेदामा, २ कै दाउन्ने खोला, शान्तिनगर ३ को केराघारीमा, तुलसीपुर उपमहानगरपालिका–१ को चिसाखानी पोखरी, ३ को थापापानी, ३ कै राम्री तथा सोही वडाकै खमारी, ४ को बाँयाखोला, १९ को स्यालापानीमा पोखरी निर्माणको कार्य पूरा भएको कार्यालय प्रमुख शर्माले जानकारी दिए । चालु आवमा पनि नौ स्थानमा पोखरी निर्माण गरिने कार्यालयले जानकारी दिएको छ ।
यस्तै मध्यकालीन योजनाअन्तर्गत जिल्लाका १४ स्थानमा लिफ्ट सिँचाइ आयोजना सञ्चालनमा ल्याइने भएको छ । जिल्लाको पहाडी क्षेत्रमा मध्यमस्तरका बाँध निर्माण गरी विद्युत् र सौर्य प्रणालीबाट पानी वितरण गर्ने गरी लिफ्ट सिँचाइ आयोजना सञ्चालन गर्न थालिएको हो । जसअन्तर्गत गत आवबाट नौ वटा लिफ्ट सिँचाइ योजनाको काम शुरु भई हाल सम्पन्न हुने चरणमा रहेको छ भने यस वर्ष पाँच वटाका लागि बोलपत्र आह्वान गरिएको छ । बबई गाउँपालिका–७ ढोलपुर, तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरी, घोराही उपमहानगरपालिका–९, तुलसीपुर उपमहानगरपालिका–१७ र घोराही उपमहानगरपालिका–७ मा लिफ्ट सिँचाइ आयोजना सञ्चालन गर्ने गरी बेलपत्र आह्वान गरिएको छ ।
यस्तै जिल्लाका तीन स्थानमा वर्षाको पानी जम्मा गरी सिँचाइको व्यवस्था गर्ने गरी पनि बाँध निर्माणको काम पनि अघि बढाइएको छ । तुलसीपुर उपमहानगरपालिकाको रानीखोला र ग्वारखोला एवं घोराही उपमहानगरपालिकाको बालिमखोलामा बर्खाको पानी जम्मा गर्न बृहत् बाँध निर्माण गर्ने गरी प्रारम्भिक अध्ययनको काम सकिएको आयोजनाका प्रमुख शर्माले जानकारी दिए ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











