भरतपुर रंगशालाको भविष्य अन्याैलमा, धुर्मुस-सुन्तलीले आफूखुशी गरेको आरोप !
काठमाडौं । बहुचर्चित र विवादीत बनेको भरतपुर क्रिकेट रंगशालाको नाममा विवाद देखिएको छ ।
धुर्मुस–सुन्तलीले रंगशाला निर्माण गर्ने भन्दै मलेसियामा सहयोग संकलनमा निस्केपनि नाममा विवाद निस्किएपछि रंगशालाको भविष्य नै अन्याैलमा परेको छ ।
‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ नाममै सरकारले रुपन्देहीमा बहुउद्देश्यीय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आर्थिक वर्ष २०७५/०७६ को कार्ययोजनामा नै यो रंगशाला समावेश गरेर बजेटसमेत विनियोजन भइसकेको छ ।
सरकारले रुपन्देहीमा रंगशाला निर्माणका लागि बजेट समेत विनियोजन गरिसकेको अवस्थामा धुर्मुस-सुन्तलीले आफू खुशी गरेको भन्दै राखेप असन्तुष्ठ बनेको छ भने कानुनी ढंगले समेत धुर्मुस-सुन्तली चेपुवामा परेका छन् ।
राखेप सदस्य सचिव केशवकुमार विष्टले बजेटसमेत विनियोजन गरिसकेकाले यही नाममा रंगशाला बनाउने बताए । उनले भने, ‘हामी लामो समयदेखि रंगशाला निर्माण प्रक्रियामा अघि बढेका हौं र यही नाम रहन्छ ।’
धुर्मुस सुन्तली फाउन्डेसनले युवा तथा खेलकुद मन्त्रालय र राखेपसँग समन्वय नगरेको उनको आरोप छ । ‘सरकार पहिल्यै अघि बढिसकेको छ, उहाँहरुले हामीसँग समन्वय गर्न पथ्र्यो । अध्ययन गर्नुपथ्र्यो,’ विष्टले भने ।
तर, क्रिकेट रंगशालाको विषयमा फाउण्डसेनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले पटकपटक खेलकुदमन्त्री जगत विश्वकर्मा र सदस्यसचिव विष्टसँग बारम्बार छलफल गरेका थिए । फिल्ड भिजिटमा विष्ट पनि गएका थिए । तर, अहिले उनी यो नाम सरकारले पहिल्यै बुक गरेको बताउँछन् ।
विष्टले थपे, ‘खेलकुदको सर्वाेच्च निकाय भनेको राखेप र खेलकुद मन्त्रालय हो । सम्बन्धित निकायसँग समन्वय नगरिकन जाँदा यस्तै खालका समस्याहरु उत्पन्न हुन्छन् भन्ने कुरा उहाँहरुले बुझ्नुपर्थ्यो ।’
एउटै नामले चाहिँ कत्तिको अप्ठ्यारो पर्छ ? भन्ने प्रश्नमा सदस्यसचिव विष्ट भन्छन्, ‘सकेसम्म नाम नजुध्दा राम्रो ।’
सरकारको पुरानै योजना भएको कारण कुनै पनि हालतमा नाम परिवर्तन नुहुने राखेपका सदस्यसचिव विष्ट बताउँछन् । ‘उहाँहरु आधिकारिक रुपमा आउनु पर्यो नि । उहाँहरुले समन्वय गर्नुभयो भने एउटा विधि खोजिएला । होइन भने हामी आफ्नो नाममा अघि बढ्छौं’ उनले भने ।
रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङ पनि सरकारले बनाउन लागेको रंगशालाको नाम ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ नै रहने बताउँछन् । भन्छन्, ‘सरकारले नाम पहिचान गरेर सैनामैना नगरपालिकामा रंगशाला निर्माणको प्रक्रिया अघि बढाएको हो ।’
तर नामले मात्र खासै समस्या नआउने अध्यक्ष गुरुङ बताउँछन् । ‘नाममा भन्दा पनि काममा राम्रो हुनुपर्छ । राज्यले गर्नुपर्ने काम धुर्मुस सुन्तलीले गर्न खोज्नुभएको छ । उहाँको योगदानलाई कदर गर्नुपर्छ’ उनी थप्छन्, ‘हामीले बनाउने गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला–रुपन्देही’ हुन्छ, उहाँहरुले बनाउने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला– चितवन’ राखे फरक पर्दैन ।’
सरकारले बनाउने रंगशाला कस्तो ?
रुपन्देहीको सैनामैना नगरपालिकामा सरकारले बनाउन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला पनि बहुउद्देश्यीय हुनेछ, जहाँ बिभिन्न खेलका खेलकुद गतिविधि हुनुका साथसाथै कभर्डहल र खेल मैदानहरु हुनेछन् ।
करिब १७ विघा जमिनमा फैलिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला सुरुवाती समयमा करिब १३ हजार दर्शक क्षमताको हुनेछ । त्यसपछि यसको क्षमता बृद्धि गर्ने सदस्यसचिव विष्ट बताउँछन् ।
सरकारले चालु आर्थिक वर्षमा यो रंगशाला निर्माणको लागि जम्मा ३० लाख बजेट विनियोजन गरेको छ । यो बजेट रंगशालाको डीपीआर निर्माण गर्न मात्रै छुट्याइएको गुरुङ बताउँछन् । उनी भन्छन्, ‘बहुउद्देश्य गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआरको लागि बजेट विनियोजन भएको हो । डीपीआर तयार भएपछि रंगशाला निर्माणको काम अघि बढ्छ ।’
१६ माघमा धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणको सम्झौता हँुदा प्रधानमन्त्री केपी शर्मा ओली, खेलकुदमन्त्री विश्वकर्मा पनि उपस्थित थिए । तीन अर्ब लागतमा २५ हजार दर्शक क्षमताको रंगशाला बन्नेछ ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












