प्रदेश नं १ सरकारका एक वर्ष
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार स्थापना भएको छोटो अवधिमै प्रदेश सरकारप्रति जनताका आशा, विश्वास र भरोस गर्ने अवस्था सिर्जना भएको बताएका छन् ।
प्रदेश सरकारको एक वर्ष अवधि पूरा भएको अवसरमा आयोजना भएको पत्रकार सम्मेलनमा उनले विकास र सुशासनमा जनताले आशा र भरोसा गर्ने निकायका रुपमा प्रदेशलाई स्थापित गर्न एक हदसम्म सफल भएका छौँ भने ।
एक वर्षको अवधिमा प्रदेशले दुई अधिवेशनबाट २४ ऐन पारित गरेको, कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यावसायीकरण, औद्योगिकीकरण गर्दै यस प्रदेशको बलियो अर्थतन्त्रको आधार कृषिलाई बनाउने, कृषि, पर्यापर्यटन, वन तथा वातावरणका क्षेत्रमा योजनावद्ध रुपमा कार्यक्रम अगाडि बढाएको छ, सो अवसरमा प्रदेश सरकारबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
उत्पादनमूलक र रोजगारमूलक क्षेत्रका काममा सहकार्य गर्नका लागि नेपाल उद्योग वाणिज्य महासङ्घसँग सम्झौता गरी काम शुरु गरेको, हामीसँग संसारका अधिकांश अग्ला हिमाल हाम्रै प्रदेशमा भएर पनि यी हिमालको हवाई दृश्य गर्ने व्यवस्थाअनुरुप प्रदेश सरकार र निजीको समन्वयमा माउन्टेन फ्लाई सञ्चालनमा आएको जनाएको छ ।
विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा स्तरोन्नति गर्नका लागि प्रदेश मन्त्रिपरिषद्बाट निर्णय गराई सङ्घीय सरकारमा सिफारिश गरेको, प्रदेशभित्र रहेका सबै विमानस्थलमा विराटनगरबाट उडान सेवा शुरु गर्न पहल गरिएको र भद्रपुर तथा विराटनगर विमानस्थलमा रात्रिकालीन हवाई उडान सञ्चालन गरेको, निजी क्षेत्रको समन्वय र सहकार्यमा सप्तकोशी नदीमा जलयातायात सञ्चालन हुन थालेको, चियाको राजधानी इलामको सूर्योदय नगरपालिका, सबैभन्दा बढी पर्यटक भित्रिने सोलुखुम्बुको पासाङल्हामु खुम्वु गाउँपालिका र धनकुटाको आकर्षक पर्यटकीय गन्तव्यस्थल भेडेटार नाम्जे क्षेत्र रहेको साँगुरी गाउँपालिकालाई पर्यटकीय नगर र गाउँपालिका घोषणा गरेका विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, “सुरक्षित सीमा, सुरक्षित जीवन, खुला सीमा र सुरक्षा चुनौतीलाई महसुस गर्दै बोर्डर अफ आउट पोष्टको योजनाबद्ध विकास गर्ने उद्देश्यका साथ १३ विओपी निर्माणकार्य अघि बढाएको छ ।”
अत्यावश्यक सेवाकेन्द्र स्थापना गरी एकीकृत शान्ति सुरक्षा, विपत् व्यवस्थापन र स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यस वर्ष तराई, भित्री मधेश र पहाडका एक÷एक गाउँपालिकामा एक प्रहरी भ्यान, एक एम्बुलेन्स र एक दमकलसहितको व्यवस्थापन प्रदेश सरकारले गरेको, यो वर्ष हामीले स्वास्थ्य प्रवद्र्धन वर्षको रुपमा २०७५ घोषणा गरी स्वास्थ्य, सरसफाइ र स्वास्थ्य जीवन कार्यक्रम सञ्चालन गरेको, प्रदेशस्तरमा विद्यालय तहको सिकाइलाई प्रविधियुक्त कम्प्युटर सिकाइको माध्यमबाट किताब र झोलारहित शिक्षा सञ्चालनको कामअन्तर्गत ९५९ सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्ने कार्य शुरु गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो वर्ष खेलकूदका लागि १३७ वटै पालिकामा एकैसाथ खेलमैदान निर्माण भइरहेको, १४ जिल्लाका अस्पताललाई स्तरोन्नति गर्ने कार्य थालेको, पाँचथरको कुम्भायक, तुम्बेवा, तेह्रथुमको छथर र धनकुटाको चौबीसकोट गाउँपालिका खडेरी प्रभावित कृषकलाई राहत प्याकेज उपलब्ध गराएको, दिगो विकास र समृद्धिको आधार पर्याप्त पूर्वाधारलाई मूलमन्त्र मानी भौतिक पूर्वाधारका विकासमा ध्यान केन्द्रित गरेको, नेपालमै पहिलो पटक सुनसरी जिल्लाको कोशी गाउँपालिकाको भण्टाबारीस्थित करीब २० बिघा जमीनमा अत्याधुनिक सुविधासम्पन्न रिफ्रेसमेन्ट सेन्टर परियोजना कार्यालय स्थापना गरेर योजना अघि बढाएको प्रदेश सरकारले जनाएको छ ।
मुख्यमन्त्री ग्रामीण सडक कार्यक्रम प्रदेशका ५६ वटै निर्वाचन क्षेत्रमा स्थानीय पालिकासँगको साझेदारीमा लागू हुने गरी कार्यविधि बनाई कार्यान्वयनको प्रक्रिया शुरु भएको र सरकारले समानुपातिक र सन्तुलित विकासमा जोड दिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी, प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री राईले सरकारले एक वर्षको अवधिमा गरेका कामहरुको आफ्नो सम्बोधनमार्फत संसद्लाई जानकारी गराए । मुख्यमन्त्री राईले सङ्घीयताको मर्म राज्यको शक्ति र स्रोतमा नागरिकको पहुँच सहज, सरल र सुगम बनाउनु हो भन्दै सङ्घीयता कार्यान्वयन गर्नका लागि आवश्यक कानून निर्माण, बलियो र स्थायी संरचनाको निर्माण गर्नु हो भने ।
उनले प्रभावकारी सेवाप्रवाह, योजनाबद्ध आधुनिक विकासका साथ समृद्ध प्रदेश सुखी जनताका लक्ष्य हासिल गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको सदनमा जानकारी गराए। प्रदेशसभाको अर्को बैठक आगामी फागुन ५ गते दिउँसो १ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












