गण्डक नहरको संरचना जीर्णः जुनसुकै बेला दुर्घटना हुन सक्ने
वीरगञ्ज । गण्डक नहरको संरचना पुरानो र जीर्ण भइसकेकाले जुनसुकै बेला भत्किन सकने सम्भावना रहेको छ ।
करीव ४५ वर्ष अघि निर्माण भएको गण्डक नहरमा रहेको पुल, पुलेसा, कलभर्ड तथा संरचनाको आवश्यक मर्मत सम्भार हुन नसक्दा ती संरचना जीर्ण बन्दै गएको छ ।
प्रदेश नं २ को पर्सा, बारा एवं रौतहट जिल्लाको दक्षिणी भेगको ३७ हजार ४०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराइ कृषि उत्पादकत्वमा अभिवृद्धि गर्न र त्यसबाट कृषकको जीवनस्तरमा परिवर्तन ल्याउने उद्देश्यले विसं २०३० जेठ २१ गते तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले उद्घाटन गरेको सो गण्डक नहरमा साना ठूला गरी तीन हजार ५७४ वटा पुल, पुलेसा, कल्भर्ड रहेका छन् ।
भारत विहार राज्यको वाल्मिकीनगरमा निर्माण गरी पूर्वी मूलनहर (तिरहुत मूलनहर) को दोनशाखा नहरबाट पश्चिमी चम्पारणको इनर्वा गाउँ तथा पश्चिमी पर्साको जानकी टोलमा प्रवेश गरेको सो नहर हाल बारा जिल्लाको ११ नं ब्लकसम्म ६० किलोमिटरमा पानी आउने गरेको छ ।
कूल ८१ किलोमिटर लम्बाइको सो मूलनहर रौतहट जिल्ला हुँदा वाग्मती नदीमा मिसिने गरे पनि हाल जानकीटोलादेखि बाराको ११ नम्बर ब्लकसम्म मात्र पानी पुग्ने गरेको नारायणी सिँचाइ व्यवस्थापन कार्यालय बहुअरी वीरगञ्जले जनाएको छ ।
विश्व बैंकको ऋण सहयोगमा निर्माण भएको सो नहर सन् १९७५ र १९७६ गरी दुई चरणमा नेपाल सरकारलाई हस्तानान्तरण गरिएको थियो । सो नहरमा रहेको पुल, पुलेसा कल्भर्ड तथा संरचना अति पुरानो र जीर्ण भइसकेकाले जुनसुकै बेला भत्किन सकने अनुमान प्राविधिकको छ । ८१ किलोमिटर लम्बाइ भएको सो गण्डक नहरमा मूलशाखा नहर १७ वटा, शाखा नहर ५० वटा, उपशाखा नहर ४०८ दशमलव पाँच किलोमिटर, प्रशाखा नहर ९टर्सरी० एक हजार ४६८ किलोमिटर, निकास नहर ३०८ किलोमिटर तथा सो नहरमा तीन हजार ५७४ वटा पुल, पुलेसा र कल्भर्ड रहेका छन् ।
नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारत सरकारले सो नहरमा ८५० क्युसेक पानी उपलब्ध गराउनुपर्नेमा विगतका वर्षमा ५०० देखि ६०० क्युसेक पानी मात्र उपलब्ध गराउँदै आएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा धानबालीका लागि ८२९ क्युसेक पानी प्राप्त हँुदै आएको सो कार्यालयले जनाएको छ ।
प्रत्येक वर्ष नदीले नहरक्षेत्र, संरचना, डाइकहरु कटान गरिरहेकाले बजेटको अभावमा सोको मर्मतसम्भार गर्न नसकिएकाले पुल, पुलेसा तथा कल्भर्ड जीर्ण हुँदै गएको छ । डिभिजन प्रमुख राजेन्द्रप्रसाद साहले भने, “जीर्ण हुँदै गएको संरचनाको मर्मतसम्भारका लागि सङ्घीय सरकारले बजेटको व्यवस्थापन गर्नुपर्छ ।”
सो कार्यालयले बृहत् योजनाअन्तर्गत रहेको रु चार करोड बजेटमध्येबाट नहरको मर्मतसम्भार गरिए पनि जीर्ण रहेको पुल, पुलेसा तथा कल्भर्डको मर्मतसम्भार गर्ने कार्य बजेट अभावका कारण अगाडि बढ्न नसकेको प्रमुख साहको भनाइ छ ।
कतिपय ठाउँमा किसानले कुलो मासेर खेत बनाएको, नहरको डिलमा रहेका हरियो रुख कटान गरी डिल अतिक्रमण गरेर घरटहरा बनाएको, फोहरमैला नहरमा फ्याँक्ने गरेकाले साइफन जाम हुने गरेका कारण नहर जीर्ण हुँदै गएको छ ।
नहरका संरचना हलुका सवारीका लागि बनाइए पनि ठूला सवारी साधनको आवतजावत भइरहने भएकाले दिनदिनै ती संरचना जीर्ण बन्दै गएको समस्या यथावत् रहेको देखिन्छ । यसैगरी वीरगञ्ज ठोरी गण्डक नहरको सिक्टा नदीको पुलसमेत जीर्ण बन्दै गएको छ ।
जगरनाथपुर गाउँपालिकाको मसिहानी क्षेत्रमा पर्ने उक्त पुलमा सवारी साधन आवतजावत गर्ने भएकाले पुलको दुवैतर्फको आरसिसी पर्खाल जीर्ण बनिसकेको, पुलको सतह ठाउँठाउँमा चर्किएको, पर्खालका स्तम्भ भाँचिएको, पुलको भित्ता हल्का दबाबमा हल्लिने गरेको छ ।
सो जीर्ण रहेको पुल, पुलेसा कल्भर्डलगायतका पुराना संरचना समयमै मर्मतसम्भार नगरिए जुनसुकै बेला दुर्घटना हुने सम्भावना रहेको पश्चिमी पर्सावासीको भनाइ छ ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











