देखासिकीमै हराउन थाले थारु समुदायको वैवाहिक मौलिकता
थारु समुदायको वैवाहिक परम्परामा आधुनिकता थपिदा यसको मौलिकता नै हराउन थालेको छ ।
कञ्चनपुरका थारु समुदायले अरु समुदायको देखासिकीमै दाइजो प्रथालाई अँगाल्न थालेका छन् । केही वर्षयतादेखि थारु समुदायले अन्य समुदायको देखासिकीमै छोरीलाई दाइजो अनिवार्यरुपमा दिन थालेका हुन् ।
बेहुलालाई हातघुवाइ भनेर एक थान लोटा र एक थान थालीबाहेक दाइजो नदिने थारु समुदायले हाल अरु समुदायको विवाहको सिको गर्दै सोफा, टेबुल, पलङ, कुर्सी, साइकल, मोटरसाइकल, टिभी, फ्रिजलगायतका सामग्री दाइजोमा दिन थालेका हुन् ।
अन्य समुदायको देखासिकीमै दाइजो प्रथाले थारु संस्कृतिमा जरो गाड्न थालेपछि यस समुदायको अगुवाले चिन्ता व्यक्त गर्न थालिएको छ । थारु अगुवा दानसिंह दहितले देखासिकीमै दाइजोको लेखाजोखा हुन थालेकोमा चिन्ता व्यक्त गरे ।
परम्परागतरुपमा चल्दै आएको ‘झाँगा’ प्रथा जसअन्तर्गत छोरी पक्षबाट अन्न, नगद लिने चलन वर्षौ पहिले हटे पनि हाल दाइजो प्रथाले प्रश्रय पाउन थालको थारु बुढापाकाको भनाइ छ । थारु समुदायलाई प्रजातान्त्रिक अभ्यास भएको समुदायका रुपमा पनि चिनिन्छ ।
दुलही बनाउन मदिराका बोतल साटासाट गरेर सम्बन्ध स्थापित गरेर दुलहा र दुलही पक्षका व्यक्तिले गाउँको वडघरलाई विवाहका लागि सल्लाह लिने चलन थारु समुदायमा विद्यमान रहेको छ । बेहुली पक्षका व्यक्तिले सम्बन्ध पक्का भएको खुसियालीमा बेहुलाको घरमा गएर भोज खाने गरिन्थ्यो ।
जसलाई ‘ठोकौनी’ खाने भन्ने गरिएको स्थानीयवासी फुलराम चौधरीले बताउनुभयो । मासको पीठोबाट चुन्नीवरिया नामक पकवान, भेडा सुँगुरको मासुसँगै भात पकाएर जन्तीलाई खुवाइने गरिन्थ्यो तर आधुनिकताको प्रवेशसँगै पुराना चलनसमेत हट्दै गएको र बजारबाट कुक मगाएर बजारीया खाना खुवाइनाले खर्च धान्नै नसक्ने गरी बढेको थारु वीरबहादुर चौधरीले बताए ।
विवाहका लागि चुनिने सरुवा र भन्सरियाले बेहुलालाई सजाउने चलन रहेको थारु समुदायमा पाँचदेखि आठ हातको बेहुलालाई पघरी पहि¥याउने, चौबन्दी, जामा र टोपी लगाउने गरिन्थ्यो भने हाल कोट, पाइन्ट र टाइको प्रचलन बढेको छ ।
पुरानो विवाहको पहिरन थोरै पूँजीमा विपन्न वर्गले सहजै खरीद गरी विवाह गर्न सक्दथ्यो तर आधुतिकताका नाममा थारु युवाले अरुको संस्कृति अँगाल्दा विवाह झन्झटिलो बोझिलो र खर्चिलो भएको थारु अगुवाको ठम्याइ छ ।
बेहुलीलाई ल्याङ्गा, चोली, फरिया र परम्परागत गहना गटैया, खिर्की, बाजु, टर्की नथिया लगायतले सजाइन्थ्यो जुन गहना र परिधान गाउँमै बनाइने भएकाले सस्तोमै बन्थे । आजका युवतीले बजारमा चलनचल्तीमा रहेको पहिरन र सुन, चाँदीका आधुनिक गहनाप्रति बढी आशक्त हँुदा नै विवाह खर्चिलो र दाइजोको भारी थपिएको थारु अधिकारकर्मी धनबहादुर कुश्मीले भन्नुभयो, “घरमै बनाइएको बेहुला बोक्ने चण्डोल र बेहुली बोक्न प्रयोग हुने डोली यातायातका साधनको उपलब्धताले प्रायः लोप भइसकेको छ ।” जन्ती बोक्ने गोरु गाडाको ठाउँमा बस र जिपले लिएका छन् ।
“देखासिकीमै आवश्यकताभन्दा बढी यातायातका साधनको विवाहमा प्रयोग हुने गरेको छ”, नरेन्द्रप्रसाद चौधरीले भने, “कोभन्दा को कम भन्ने भावनाले विवाहलाई निकै खर्चिलो बनाइदिएको छ ।”
विवाहमा नाचिने छोक्रा, हरदङ्वा, सखिया र मघौटालगायतका मौलिक नाचको सट्टा आजभोलि साउण्डबक्समा र महङ्गो बैण्डबाजा र अन्य समुदायका गीतमा युवायुवती बढी झुम्मिने गरेकाले संस्कृतिप्रतिको रुचि जगाउन नसक्दा थारु मौलिकता हराउँदै गएको छ ।
पुरानो चलनअनुसार थारु समुदायमा माघ र फागुन महीनामा मात्रै गाउँका विवाहयोग्य वरबधुको एकै दिन विवाह गर्ने गरिन्थ्यो । गाउँका वडघरियाले वर्षभरिको योजनाअन्तर्गत चालू वर्ष र अर्को वर्षमा विवाह हुने युवायुवतीको सङ्ख्या यकिन गरी वर्ष दिनमा कति वटा विवाह गर्न सकिन्छ । त्यसकै आधारमा एकै दिन विवाह गर्ने मिति तय गरिन्थ्यो । यसरी विवाह गरिँदा खर्च कम लाग्ने र भोजमा सीमित व्यक्ति सहभागी हुने भएका कारण अन्न र अन्य खाद्यपदार्थ कम लाग्ने गरेकाले यस्तो विवाहलाई बढी रुचाइने गरिएको थियो ।
“थारु समुदाय प्रकृति प्रेमी र आफ्नैपनमा रम्ने जाति भएकाले मौलिक परम्परा र चलनलाई जोगाएर राख्न आधुनिक युवालाई नै संस्कृति र परम्परागत चलनप्रतिको आकर्षण बढाउन परिचालन गर्नसके मात्रै परम्परालाई निरन्तरता दिन सकिन्छ”, थारु अगुवा रेवन चौधरीले भने ।
राम्रा संस्कृतिको संरक्षण, कु–संस्कृति र अन्धविश्वासलाई हटाउँदै लगेर युवालाई संस्कृतिबारे अभियान नै चलाएर उत्प्रेरित गर्नसके मात्रै थारु संस्कृतिलाई बचाउन सकिने उनको भनाइ छ ।
थारुको आफ्नै मौलिक वेषभूषा, चलन, रहनसहन, भाषा र संस्कृति रहेको छ । घर बनाउन सिपालु, काठको कार्य गर्न, डोका नाम्लोको कार्य गर्न र अन्य कार्यमा समेत निपूण जातिका रुपमा थारु समुदायलाई चिनिन्छ ।
आफ्नै छुट्टै मौलिक संस्कृति भएकाले अरु जातजातिभन्दा यस जातिको पृथक पहिचान रहेको छ । यस जातिको संस्कृति, परम्परा जोगाउन र उत्थानमुखी कार्य गर्न राज्यपक्षबाट समेत सहयोगको खाँचो रहेको थारु अगुवाको भनाइ छ ।
Comments
अरु समाचार
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...












