बाबुआमा निर्दयी बन्दा दुई भाइको शौचालयमा बास
गलेश्वर । नेपाली समाजमा आमालाई माया र ममताको खानी भनेर अत्यन्त आदरभावले हेर्ने गरिन्छ । बुबाले आफ्ना सन्ततिको कुलभो चिताउनै सक्दैन भन्ने मान्यता छ । ‘कुपुत्रो जायते क्वचिदपि कुमाता नभवति’ हिन्दूहरुको धार्मिक ग्रन्थ ‘दुर्गा सप्तशति’ मा छोरो अर्थात् सन्तानहरु निर्दयी हुन सक्लान् तर आमा कहिल्यै पनि कुमाता अर्थात् निर्दयी हुन सक्दिनन्’ भनेर आमाको महिमा गान गरिएको छ । तर, यसको ठीक विपरीत म्याग्दीको बेनी नगरपालिका वडा नं २ मा बुबाआमा दुवै यतिसम्मका निर्दयी देखिएका छन् की त्यो कुरा सुन्दा र पढ्दा धेरैलाई विश्वास नलाग्न सक्छ ।
आफैंले जन्माएका दुई छोरालाई आमाबुबा दुबै जनाले चटक्कै छोडेर अर्कैसँग घरजम गरेपछि बेसहारा बनेका दुई नातिलाई ७५ वर्षीया हजुरआमाले विद्यालयको चर्पिमा राखेर पालिरहेकी छन् ।
कमाइ खानका लागि एक सुर्को बारी र ओत लाग्नका लागि एउटा छाप्रोसम्म नभएकी ७५ वर्षीया जमुना सुनार ‘डाँडामाथिको घाम’ जस्तै कुन बेला अस्ताउने हुन् पत्तो छैन । उनै जमुनाको काँधमा दुई नातिलाई पाल्ने र पढाउने जिम्मेवारी थपिएको छ ।
म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटका राजु सुनारका दम्पतीले आफ्ना दुई भाइ छोरा ९ वर्षीय एनस र ७ वर्षीय सिमसनलाई छोडेर अलग अलगरुपमा लाखापाखा लागेपछि जमुनाको काँधमा दुई नातिको लालनपालनदेखि लिएर शिक्षा दीक्षाको समेत जिम्मेवारी थपिएको हो । स्थानीयवासीका अनुसार बालकहरुका बाबा राजुले अर्को विवाह गरेर अन्यत्र बसेका छन् । आमा चाहीँले पनि अर्कैसँग सम्बन्ध गाँसेकी छन् ।
बाबा र आमाले नै दोस्रो विवाह गरेर छोराहरुलाई अलपत्र छाडेपछि बेनी नगरपालिका वडा नं २ बगरफाँटको सरस्वती आधारभूत विद्यालयको प्रयोगविहीन शौचालयका दुई कोठा लिएर नातिहरुका साथ बस्दै आएकी छिन् ७५ वर्षीया जमुना ।
जमुनाले नातिहरुलाई स्याहारसुसार गर्न थालेको दुई वर्ष भएको छ । दुई वर्ष अघि छोराहरुलाई छोडेर गएका बाबुआमा अझैसम्म पनि आफ्ना सन्तानको खबर गर्न आएका छैनन् ।
“एक त आफ्नो शरीरले भर पाउँदैन, जीउले सकुञ्जेल गिट्टी कुटेर, बालुवा चालेर र अरुको घरमा काम गरेर भए पनि बेनीमा कोठा लिएर राखेंँ,” गहभरि आँसु निकाल्दै वृद्धा जमुनाले भनिन् – “अब त जीउले पनि सक्दैन । म पनि बिरामी छु । कसैले दिए खाने हो, नत्र भोकभोकै पल्टिने हो ।”
गत मङ्सिरदेखि विद्यालयको शौचालयमा बास बस्दै आएका नाति बजैको अवस्था अत्यन्त दयनीय रहेको छ । “उनीहरुको टीठलाग्दो अवस्था देखेर प्रयोगमा नआएका शौचालयका दुई वटा कोठा बस्नका लागि दिएका छौं,” सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर कार्कीले भने ।
वृद्धभत्ता बाहेक आम्दानीको कुनै स्रोत नभएको जमुनाले बताइन् । जमुनाले भनिन् – “काम गर्न नसकेपछि कोठा भाडा तिर्ने पैसा भएन । त्यसैले यो बास मागेर बसेका छौँ ।”
चार कोठे शौचालयको देब्रे पट्टिको एउटा कोठामा नाति बजै सुत्छिन् भने दाहिनेतर्फको कोठा भान्छाको रुपमा प्रयोग गर्ने गरिएको छ । दुई वटा कोठा भने विद्यालयले शौचालयको रुपमा प्रयोग गर्ने गरेको छ । छेउमै रहेको नियमित प्रयोग हुने शौचालयबाट दुर्गन्ध आउँछ । “दुर्गन्धलाई सहेर भए पनि बस्ने ओत पाएका छौं,” जमुनाले भनिन् – “त्यो नै हाम्रो लागि सबैभन्दा खुशीको कुरा हो ।”
बेसहारा बनेकी जमुना शौचालयमा नातिहरुलाई राख्न पाएर खुशी भए पनि त्यो बाध्यताको खुशी भएको म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख एवं म्याग्दीका महिला अधिकारकर्मी रेखा कौशल रेग्मीले बताइन् । रेग्मीका अनुसार नेपालको संविधानमा व्यवस्था भए अनुरुप बेसहारा बनेका व्यक्तिहरुको संरक्षण गर्नु र तिनीहरुलाई आश्रय दिनु राज्यको कर्तव्य हो । “एकल महिला त्यसमा पनि ७५ वर्षीया जेष्ठ नागरिक र दुई नाबालकहरु बेवारिसे अवस्थामा शौचालयमा बस्न बाध्य हुनुले राज्यको ध्यान नपुगेको कुरालाई प्रष्ट्याउँछ,” रेग्मीले भनिन् – “समुदाय र सहृदयीहरुले दया गरेर सहयोग गर्नु मानवीयता हो तर, तिनीहरुको दीर्घकालीन रुपमा समस्या समाधान गर्नु राज्यको दायित्व हो ।”
नाति बजैको अवस्था र उनीहरुको संरक्षणका लागि राज्य र राज्यका निकायहरु बेखबर र उदासीन भए पनि समुदाय र मनकारी व्यक्तिहरुबाट भने नाति बजैको सहयोगका लागि राहत उपलब्ध गराउने कार्य शुरु भएको छ ।
केही दिन अघि बेनीको दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाले दश पाथी चामल, पाँच लिटर तेल, पाँच केजी नून, पाँच केजी दाल, पाँच केजी चिनी, २०० ग्राम चियापत्ती, एक कार्टुन चाउचाउ, दुई दर्जन कापीकलम, एक दर्जन साबुन र पाँच हजार ५५५ रुपैयाँ नगद सहयोग गरेको जमुनाले बताइन् ।
त्यसैगरी, उनीहरुको अवस्थाका बारेमा जानकारी पाएपछि बेनीका युवाले रु १७ हजार बराबरको अत्यावश्यक सामग्री सहयोग गरेका छन् । बेनीमा रहेको ब्रोदर फुड स्टेशनका सञ्चालक दीपक जिसीको नेतृत्वमा १० जना युवाले आर्थिक सङ्कट बेहोरिरहेकी सुनार परिवारलाई खाद्यान्न र लत्ताकपडा सहयोग गरेका छन् ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












