ट्राफिक व्यवस्थापन गर्न समिति
ललितपुर महानगरपालिकाले ट्राफिक व्यवस्थापन, सडक बालबालिका तथा महिलाको समस्या समाधान र लागुऔषध एवं अपराध न्यूनीकरणका लागि समिति गठन गरेको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत महानगरपालिकामा आयोजित बैठकमा समिति गठन गर्ने निर्णय गरिएको हो । ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी निरीक्षक राजेश सिलवालको संयोजकत्वमा तथा महिला र बाल बालिकाको विषयमा महिला विकास अधिकृत महेश्वरी विष्टको संयोजकत्वमा समिति गठन गरिएको छ । यसैगरी लागुऔषध तथा अपराध नियन्त्रणका लागि दीपु जोशीको संयोजकत्वमा समिति गठन गरिएको छ ।
बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले तीनवटै समितिले जनतामा प्रत्यक्ष प्रभाव पार्ने काम गर्नुपर्ने बताए । सवारी चापको तुलनामा सडकको क्षमता नबढेकाले उनले ट्राफिक व्यवस्थापन ठूला शहरमा चुनौती बनेको हुँदा समाधानमा लाग्न सबैको सहयोग हुनुपर्नेमा जोड दिए । ‘‘एक–एक गर्दै समस्या सम्बोधन हुन्छ, धेरै एकैपटक गर्छु भन्दा एउटैमा पनि सफल हुन सकिदैंन, सडक र सवारी जामलगायत समस्या समाधानका लागि सरोकार भएका निकायसँग सहकार्य गरिनेछ, गठन भएका तीनै समितिलाई महानगरपालिकाले सक्दो सहयोग गर्नेछ”, उनले भने ।
उपप्रमुख गीता सत्यालले महानगर महिला, बालबालिका र ज्येष्ठ नागरिकको समस्याप्रति संवेदनशील रहेको बताए । सार्वजनिक यातायातमा महिला र ज्येष्ठ नागरिकले भोगेका समस्या समाधान गर्न ट्राफिक प्रहरीसँगको सहकार्यमा काम गर्ने उनको भनाइ थियो । बैठकका सहभागीले लागुऔषधको बिक्री वितरण र ओसारपसार रोक्न वडास्तरमा नै चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । आपराधिक गतिविधि हुने स्थानमा सिसी क्यामेरा जडान गर्नुपर्ने सहभागीको सल्लाह थियो ।
बैठकमा सामुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत गत कात्तिकदेखि आयोजना गरिएका कार्यक्रमको जानकारी गराइएको थियो । यसअन्तर्गत सार्वजनिक सुनुवाइ, अभिमुखीकरण, विद्यालयस्तरमा प्रशिक्षण र चेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












