कर्णाली पुग्ने पर्यटकको रोजाइमा जैविक खाद्यवस्तु
जुम्ला । कर्णाली घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा जुम्लाको जैविक खाद्यजस्तु पर्न थालेको छ । नेपालगञ्ज, सुर्खेत, कालीकोट, जुम्ला हुँदै मुगुको रारा घुम्न आउजाउ गर्ने र डोल्पा, जुम्लाहुँदै बाहिर जिल्ला फर्किने स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा यहाँको जैविक खाद्यवस्तु पर्न थालेको हो ।
रारा, से फोक्सुण्डो, त्रिपुरासुन्दरी, कनकासुन्दरी, पाण्डवगुफा, चन्दननाथ भैरवनाथ मन्दिर, बौद्ध स्तुपलगायत कर्णालीमा रहेका पर्यटकीय तथा धार्मिकस्थल अवलोकन भ्रमण गर्ने हजारौँ पर्यटकले यहाँको जैविक खाना रुचाउने गरेका छन् ।
पर्यटकले यहाँको मार्सी चामल, सिमी, स्याउ, स्याउको चाना र ब्राण्डी, ओखर, फापरको पीठो, कोदोको पीठो, मकै, गहुँ, आलु, गेँडागुडी र अन्य फलफूललगायतका जैविक उत्पादन खाने र घर फर्किदा नासोको रुपमा लैजाने गर्दछन् ।
चन्दननाथ नगरपालिका–१० खल्लागाउँका रामकृष्ण चौलागाईंले २०६७ सालदेखि आरके स्याउ प्रशोधन तथा फलफूल डिष्ट्रिलरी उद्योग सञ्चालन गरेर फलफूलबाट ब्राण्डी, वाइन, चामजेली, चाना, जुस, साइटर उत्पादन गर्नुभएको छ । सो उद्योगबाट वार्षिक रु तीन करोड बराबरको कारोवार हुने गरेको उनले जानकारी दिए । नेपालका ठूला शहरमा आफ्नो उद्योगबाट उत्पादित वस्तु पुग्ने गरेको उनले बताए ।
होटल व्यवसायी पदमबहादुर महतका अनुसार होटलमा बस्ने अधिकांश पर्यटकले स्याउको ब्राण्डीसँग खाजा नास्ता खाने गर्दछन् । चितवन महोत्सवको स्टलमा राख्नका लागि रु सात लाख बराबरको यहाँको अर्गानिक खाद्य वस्तु तथा पेय पदार्थ लगिएको उनले बताए ।
यस्तै चन्दननाथ–६ पुरानो बसपार्कमा रहेको न्यू कोसेली घरका प्रोपाइटर दीपराज रावतले अर्गानिक खाद्यवस्तु पर्यटकलाई पु¥याउन नसकिएको बताए । “मार्सी चामलको माग बढ्दो छ, तर जुम्लामा मार्सी चामलको उत्पादन जोगाउन चुनौती छ”, उनले भने, “वार्षिकरुपमा मार्सी चामल रु दश लाखको कारोवार हुने गरेको छ ।”
जिल्ला कृषि विकास कार्यालयका विज्ञ बालकराम देवकोटाकाले हरेक वर्ष जिल्लामा जैविक उत्पादन बेचबिखन गर्ने क्रम बढेको बताए । “प्राङ्गारिक उत्पादनबाट जिल्लामा हरेक वर्ष करोडौँ रकम भित्रिएको छ, अझै यसलाई बढवा दिनुपर्छ”, उनले भने । जिल्लामा अहिले जैविक वस्तुको लेवलिङ, प्याकेजिङ र सोको महत्वबारे प्रचारप्रसार हुन थालेपछि स्थानीयले पनि जैविक खान्की बेचेर राम्रो कमाइ गर्न थालेकाले पर्यटक तथा व्यापारीका लागि किनमेल गर्न सहज भएको उनले बताए ।
घरेलु तथा साना उद्योग विकास समितिको तथ्याङ्कअनुसार कृषिसँग सम्बन्धित उद्योग ३३६ छन् । त्यसैगरी प्राइभेट फार्म एक हजार ५३३, साझेदारी फार्म १२५, लद्युउद्यम ३२१ र वाणिज्यतर्फ दुई हजार १२९ रहेका छन् । जिल्लामा उत्पादन हुने जैविक वस्तुको जिल्लाभित्र र बाहिरका बजारमा माग बढ्दै गए पनि यसको उत्पादन भने विस्तारै घट्दै गएको छ । जैविक खाद्यान्न, तरकारी तथा फलफूलको माग बढे पनि उत्पादन घटेको विज्ञ देवकोटाले बताए ।
कृषि ज्ञान केन्द्रका अनुसार खेतीयोग्य जमीनमा अव्यवस्थित शहरीकरण र जलवायु परिवर्तन बढ्दै जानु, बालीचक्र फेरिनु तथा पछिल्लो पुस्ताको कृषिप्रतिको मोह घट्नुका कारण प्राङ्गारिक उत्पादन घट्दै गएको हो । जुम्लामा उत्पादन हुने ढटेलो र आरुको तेल, मार्सी चामल तथा महको माग अहिले विश्व बजारमा बढिरहेको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












