यी हुन् पारस खड्कालाई ब्राण्ड एम्बेसडर बनाउँदै ठग्ने कन्सल्टेन्सी
नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तानलाई नै ब्राण्ड एम्बेसडर बनाएका कन्सल्टेन्सीहरुले विद्यर्थाीलाई ठगेको पाइएको छ । एक्स्पर्टले क्याप्टेन खड्कालाई वर्षको २० लाख दिने गरेर एम्बेस्डर बनाएको छ । उसले पनि अष्ट्रेलिया पठाएका विद्यार्थीहरु अलपत्र परेका छन् । त्यस्तै प्रतिविद्यार्थी २० लाखका दरले शुल्क लिएर एक्स्पर्ट, मर्सी, कंगारु, एबीसी माइग्रेशन, डल्फिन, अल्फाबिटा, काठमाडौं इन्फोसिसलगायत कन्सल्टेन्सीले पनि विद्यार्थी पठाएका थिए ।
अस्ट्रेलियामा दर्ता नै नभएको अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी) मा सबैभन्दा बढी विद्यार्थी पठाउनेमा एक्स्पर्ट एजुकेशन एन्ड भिसा सर्भिसेस कन्सल्टेन्सी र मर्सी एजुकेशन रहेका छन् ।
एआइबिटी कलेज खारेजीमा परेपरेसँगै १ हजारभन्दा बढी नेपाली विद्यार्थीको भविस्य अन्योलमा परेको छ । नेपालका नाम चलेका एजुकेशन कन्सल्टेन्सीहरूले नै अष्ट्रेलिया पु¥याएर नेपाली विद्यार्थीलाई अलपत्र पारेका हुन् ।
क्रिकेट खेलाडी खड्कालाई ब्रान्ड एम्बेसडर बनाएर ठगी गर्ने एक्स्पर्ट, अल्फा हाउस र मर्सीले सबैभन्दा बढी विद्यार्थी पठाएको खुलेको छ । अलपत्र परेका १ हजारमध्य मर्सीबाट ५ सय, एक्स्पर्टबाट २ सय र अल्फाबिटाबाट एक सय जना विद्यार्थी अस्ट्रेलिया गएको खुलेको छ ।
कन्सल्टेन्सीहरूले सरकारलाई समेत ढाँटेर विद्यार्थी विदेश पठाएको हुँदा शिक्षा मन्त्रालयले छानबिन समिति समेत गठन गरेको छ ।
विद्यार्थीले एजुकेशन कन्सल्टेन्सीको सहयोगमा ‘अफर लेटर’ बुझाउने गरेका छन् । अलपत्र परेका विद्यार्थीलाई नो अब्जेक्सन लेटर दिन संलग्न मन्त्रालयकै कर्मचारी पनि जिम्मेवार ठानिएका छन् ।
त्यसो त इक्यान र आईरिनमा आबद्द ठूला कन्सल्टेन्सीले अबैध रुपमा हुण्डीमार्फत रकम पठाएर अस्ट्रेलियाका कलेजहरूमा लगानी गर्दै आएका छन् ।
यसरी अबैध रुपमा लगानी गर्नेहरुमाथि सम्पत्ति शुद्धीकरण बिभाग र केन्द्रीय अनुसन्धान ब्यरो ९सिआईबी०ले छानविन गर्ने तयारी समेत थालेको मन्त्रालय स्रोतको भनाइ छ ।
Comments
अरु समाचार
-
अख्तियारका पदाधिकारीलाई पाँचघण्टा सोधपुछ गरेको विषय बालेनले नैं गरे पुष्टि
काठमाडौं ।अख्तियारका पदाधिकारीलाई पाँच घण्टा सोधपुछ गरेको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीकार गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार रास्वपाको...
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...
-
जावलाखेल चिडियाखानाका प्रमुखमाथि छानबिन थालियो, बर्ड फ्लु सङ्क्रमणको सूचना लुकाएको आरोप
काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखानामा बर्ड फ्लु (एच५एन१) सङ्क्रमण पुष्टि भएको जानकारी राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै नदिई...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...
-
केही दिनसम्म सम्पर्कविहिन पूर्व कार्यवाहक महालेखापरीक्षक अन्ततः मृत भेटिए
काठमाडौं । परिवारबाट केही दिनदेखि सम्पर्कविहिन भएका पूर्व कार्यवाहक महालेखा परीक्षक वामदेव शर्मा अधिकारी अन्ततः मृत फेला परे । उनको...











