हेलिकप्टर दुर्घटनापछि के भन्छन् गृहमन्त्रायका प्रवक्ता रामकृष्ण सुवेदी (भिडियोसहित)
तेह्रथुमको चुहानडाँडामा मन्त्रीज्यू (रवीन्द्र अधिकारी) को कार्यक्रम थियो। सो कार्यक्रम सकेर ताप्लेजुङको पाथिभरा मन्दिर दर्शन गर्न जानुभयो। दर्शन गरेर फर्किने क्रममा अत्यन्तै विकट दाह्रेभीर जुन पाथिभरा मन्दिरदेखि डेढ किलोमिटर यता पर्छ भन्ने पुष्टि भएको छ। सो स्थलमा हेलिकोप्टर दुर्घटना भएको हो। हेलिकोप्टरमा माननीय मन्त्रीज्यूसहित ७ जना सवार हुनुहुन्थ्यो।
जसमध्ये माननीय मन्त्रीज्यूसहित ६ जना यात्रु तथा एक जना चालक दलका सदस्यको शव फेला परेको छ। मन्त्रीज्यूको शव पहिचान भइसकेको छ। उहाँको शव केही भाग जले पनि चिनिन सक्ने अवस्थामा रहेको छ। मन्त्रीज्यूका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेको पनि शव पहिचान भइसकेको छ। सो बारेमा स्थानीय प्रशासनले जानकारी गराइसकेको छ।
मृतकमध्ये अन्यको भने शव पहिचान गर्न सकिने अवस्थामा छैन। उद्धारमा लागि नेपाली सेनाका एमआई१७ र बेल हेलिकोप्टर घटनास्थलतिर गइसकेको छ। घटनास्थल विकट भएको हुनाले शवहरुलाई हेलिकोप्टर अवतरण भएको ठाउँसम्म ल्याउन डेढदेखि दुई घन्टासम्म लाग्ने बताइएको छ।
नेपाली सेनाका दुई हेलिकोप्टरबाहेक सिम्रिक एयरको एउटा र एयर डाइनेस्टीको अर्को हेलिकोप्टर पनि घटनास्थलमा ल्यान्ड गर्न नसकी आकाशमै घुमिरहेका छन्। बाँकी शवको पहिचान गर्ने क्रम जारी छ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












