भविष्य निर्माणमा अधिकारीको अन्तिम सम्बोधन
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लगातार तीन पटक निर्वाचन जितेको क्षेत्र, त्यसमा पनि जीवनको केही समय अध्यापन गरेको भविष्य निर्माण मावि अन्ततः उहाँको जिल्लाको अन्तिम सम्बोधन स्थल बन्न पुग्यो ।
जिल्ला र निर्वाचन क्षेत्रका कार्यक्रमलाई सधैँ प्राथमिकतामा राख्ने अधिकारी यही फागुन १२ गते पोखरा २१ स्थित भविष्य निर्माण माविको ६६ औँ वार्षिकोत्सवमा प्रमुख अतिथिका रुपमा विद्यालयमा पुगेका थिए ।
मन्त्री अधिकारीले आफ्नो व्यस्तताका बाबजुत पनि समय दिएसँगै हर्षित बनेको विद्यालय परिवार यतिखेर भने शोकमा छ । चार दिन अघि माविमा उनले गरेको अन्तिम सम्बोधन यतिखेर विद्यालय परिवारसहित सो क्षेत्रका स्थानीयवासीले झलझली सम्झिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल भुजेलले जानकारी दिए ।
“आफ्नै निर्वाचन क्षेत्र त्यसमा पनि भण्डै चार महीना अध्यापन गरेको विद्यालयलाई उहाँले निकै माया गर्नुहुन्थ्यो”, उनले भने, “विद्यालयको विकासका साथै यहाँको भविष्य माथि सधैँ चासो र चिन्ता व्यक्त गर्ने अधिकारीको निधन हाम्रा लागि निकै पीडादायी भएको छ ।” सम्बोधनका क्रममा मन्त्री अधिकारीले विद्यालयका साथै यस क्षेत्रको भौतिक पूर्वाधार विकासलगायतमा बोलेका थिए ।
विद्यालयमा प्राविधिक शिक्षाका लागि सहयोग गर्ने विश्वाससहितको मन्तव्यका क्रममा विज्ञान प्रयोगशाला अत्याश्यक भएको बताउँदै उनले भनेका थिए, “सहयोग विभिन्न स्थानबाट जुटाउँला, तीन चार महीनाको अवधिमा साइन्स ल्याब बनाउने गरी कामलाई अघि बढाउनुहोस्, त्यसमा सहयोग जुटाउने भूमिका खेल्नेछु, साइन्स ल्याब हुनै पर्छ ।” मन्त्री अधिकारीले यस्तो बोलिरहँदा विद्यार्थी तथा अभिभावकले निरन्तर ताली बजाइरहेका थिए ।
बोलिसके पछि वचनबद्धता पूरा गर्ने अधिकारीको निधनले आफूहरू अत्यन्त मर्माहत भएको अध्यक्ष भुजेलले बताए । उक्त सम्बोधनमा राष्ट्रिय राजनीतिबारे समेत चर्चा गर्दै मन्त्री अधिकारीले सरकार मुलुकमा सुशासन कायम गर्दै आर्थिक विकास र समृद्धिको यात्रामा अघि बढेको धारणा राखेका थिए ।
सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न सबै क्षेत्रको सामूहिक प्रयास अपरिहार्य रहेको उल्लेख गर्दै सम्बोधनमा उनले असल संस्कार र मैत्रीपूर्ण भावनाका साथ विद्यार्थीलाई अग्रसर हुन सुझाव दिएका थिए ।
बहुचर्चित निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयभन्दा छ महीना अघिनै सम्पन्न हुने पनि अधिकारीले उक्त अवसरमा विश्वास व्यक्त गरेका थिए ।
भविष्य निर्माण माविमा २०४४ सालमा अधिकारीले शिक्षण गर्दा प्रधानाध्यापक रहनुभएका मनोरथ आचार्य तत्कालीन समयमा शिक्षकको अभाव भएका अवस्थामा उनले बिना पारिश्रमिक विज्ञान तथा गणित विषय पढाएर ठूलो गुन लगाएको स्मरण गर्छन् ।
“त्यसै बेलादेखि नै मैले उहाँलाई हसिलो तथा जुझारु एवं सेवाप्रति समर्पित व्यक्तिका रुपमा चिनेको हुँ”, आचार्यले थपे, “उहाँमा रहेका विकास प्रेम, मिलनसारिता जस्ता गुण भनिसाध्य छैनन्, के गर्नु दैवको नियति अत्यन्त मर्माहत बनाएको छ ।”
भरतपोखरीको शान्ति उदय माविबाट प्रवेशिका उत्तीर्ण गरेका अधिकारीको निधनले यतिखेर उनका समकालीन मित्रका साथै शिक्षक तथा अभिभावकका आँखा रसाएका छन् । शिक्षा प्रेमी अधिकारीको निधनले विद्यालयको आशा एवं विश्वासको धरोहरको अन्त्यका रुपमा महसुस गरिएको भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष मोती भुजेल बताउँछन् ।
“उहाँमा रहेको विकासप्रेमी सोच, मिलनसार व्यक्तित्व सबैका लागि अनुकरणीय थियो, उहाँको अभाव विद्यालय एवं यहाँको समाजमा सधैँ खट्किरहने छ”, भुजेलले थपे । अधिकारीको छिमेकीसमेत रहेका विद्यालयका पूर्वविद्यार्थी सविन आचार्य बच्चादेखि वृद्धसम्म सबैसँग मिल्ने उनको व्यवहारले के बालक, के वृद्ध यतिखेर सबै शोकाकुल रहेको बताउँछन् ।
“जिल्लाका साथै जन्मस्थान भरतपोखरीको समग्र विकासमा उहाँको धेरै योगदान छ, उहाँकै पहलमा धेरै पुलपुलेसा, बाटोघाटो निर्माण भएका छन्” आचार्यले भने “उहाँले अघि सारेका बाँकी योजनालाई पूरा गर्नुपर्छ ।”
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











