प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित
काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधनप्रति प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई सदनले सर्वसम्मतिले पारित गरेको हो ।
प्रस्तावमा भनिएको छ–ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० मा पर्ने सिस्नेभिरमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी मन्त्री अधिकारीको ४९ वर्षको उमेरमा फागुन १५ गते बुधबारका दिन असामयिक निधन भएकामा प्रतिनिधिसभाको यो बैठक गहिरो शोक प्रकट गर्दछ ।
बैठकले उनको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । बैठकमा स्व अधिकारीको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो ।
विसं २०६४ र २०७० को संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कास्कीको निर्वाचन क्षेत्र नं– २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, व्यवस्थापिका–संसद्को विकास समितिका पूर्व सभापति, लोकतान्त्रिक आन्दोलनका अथक योद्धा एवं जनताको पक्षमा अनवरतरुपमा लाग्नुभएको विकासप्रेमी जनप्रिय नेता थिए ।
उक्त हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सात जनाको निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १८ गते शनिबार दिनको १ बजे बस्नेछ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












