सात महीनादेखि ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण बाँकी
काठमाडौं । यातायात व्यवस्था विभागले सात महीनादेखि यताका मात्रै ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको बताएको छ ।
झण्डै चार लाख सेवाग्राहीको अनुमतिपत्र छपाइका क्रममा रहेको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए ।
उहाँका अनुसार पहिले सेवाग्राहीले आवेदन दिएको एक वर्षसम्मको वितरण गर्न नसकिएकामा अहिले त्यो अवधि कम हुँदै गएको छ । सात महीनामा छापिँदा पनि सेवाग्राहीलाई सुविधा नभएकाले त्यसमा सुधार गर्न लागिएको उनले बताए । उनले भने, “सेवाग्राहीले राजश्व तिरेको कम समयमा चालक अनुमतिपत्र दिनका लागि हामीले प्रयास गरिरहेका छौँ ।”
सेवाग्राहीलाई आवेदन दिएको छोटो अवधिमा नै चालक अनुमतिपत्र वितरण गर्न १० लाख ‘कार्ड’ खरीद प्रक्रिया शुरु भएकोे विभागले जनाएको छ । विभागले एकै दिनमा धेरै अनुमतिपत्र छपाइकै लागि ‘मास प्रिन्टर’ खरिद गर्न लागेको छ । ‘मास प्रिन्टर’ को एक दिनमा सातदेखि आठ हजारसम्म ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ गर्ने क्षमता छ । उनले भने, “अहिलेभन्दा तेब्बर क्षमताको उपकरण हुँदा त्यसले अहिले रहेको समस्या हटाउन सक्नेछ ।”
देशभरका कार्यालय विभागअन्तर्गत गए पनि अनुमतिपत्र छपाइ र सफ्टवेयरको काम भने विभाग आफैँले गरिरहेको छ । यातायात व्यवस्था कार्यालय, वाग्मती (हाल प्रदेश न. ३ कार्यालय) ले भने झण्डै १३ महीनादेखिको चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको बताउँदै आएको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












