नरेन्द्र मोदीले गरे आफैलाई ‘चौकीदार’ घोषणा
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफैलाई चौकीदार घोषणा गरेका छन् । भारतमा चुनाव नजिकिँदै जाँदा ट्रेण्डिङमा रहेको ‘चौकीदार’ मोदिले आफ्नो ट्वीटरको नामको अगाडी राखेका छन् ।
मोदीसँग भारतीय जनता पार्टीका नेताहरुले पनि आफूलाई चौकिदार लेख्न थालेका छन् । भाजपाका राष्ट्रिय अध्यक्ष अमित शाहले ट्विटर ह्यान्डलमा आफ्नो नाम ‘चौकीदार अमित शाह’ राख्दै भनेका छन्, ‘जसले स्वच्छतालाई संस्कार बनायो, उही चौकीदार हो ।’
प्रधानमन्त्री मोदीले शनिबार आफ्नो ट्विटर ह्यान्डलमा एउटा भिडियो जारी गर्दै यो अभियानको सुरुवात गरेका थिए । उनले ३ मिनेट ४५ सेकेन्डको भिडियोसहितको ट्विटमा भनेका छन्, ‘तपाईंको यो चौकिदार राष्ट्रको सेवामा बलियोसँग उभिएको छ, तर म एक्लो छैन ।’
Your Chowkidar is standing firm & serving the nation.
But, I am not alone.
Everyone who is fighting corruption, dirt, social evils is a Chowkidar.
Everyone working hard for the progress of India is a Chowkidar.
Today, every Indian is saying-#MainBhiChowkidar
— Chowkidar Narendra Modi (@narendramodi) March 16, 2019
मोदी भन्ने गर्छन्, ‘म देशको यस्तो चौकीदार हुँ जसले भ्रष्टाचारलाई अनुमति दिँदैन र आफूले पनि भ्रष्टाचार गर्दैन ।’
मोदीको यस भनाइलाई व्यंग्य गर्दा आम आदमी पार्टीकी एक सांसदले गत साता नेपालीलाई समेत मुछेर स्टाटस लेखेकी थिइन् ।
‘हामीलाई देश हाँक्ने नेता चाहिएको हो, चौकिदार त हामी नेपालबाटै ल्याउन सक्छौं,’ उनले ट्विटरमा लेखेकी थिइन् । यसमा नेपालीहरुले तीव्र आलोचना गरेपछि उनले सो ट्विट हटाएकी थिइन् ।
आफूलाई देशको चौकिदार बताउने गरेका मोदीले चुनाव नजिकिँदै गर्दा नयाँ फन्डा निकालेका हुन् ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












