नरेन्द्र मोदीले गरे आफैलाई ‘चौकीदार’ घोषणा
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफैलाई चौकीदार घोषणा गरेका छन् । भारतमा चुनाव नजिकिँदै जाँदा ट्रेण्डिङमा रहेको ‘चौकीदार’ मोदिले आफ्नो ट्वीटरको नामको अगाडी राखेका छन् ।
मोदीसँग भारतीय जनता पार्टीका नेताहरुले पनि आफूलाई चौकिदार लेख्न थालेका छन् । भाजपाका राष्ट्रिय अध्यक्ष अमित शाहले ट्विटर ह्यान्डलमा आफ्नो नाम ‘चौकीदार अमित शाह’ राख्दै भनेका छन्, ‘जसले स्वच्छतालाई संस्कार बनायो, उही चौकीदार हो ।’
प्रधानमन्त्री मोदीले शनिबार आफ्नो ट्विटर ह्यान्डलमा एउटा भिडियो जारी गर्दै यो अभियानको सुरुवात गरेका थिए । उनले ३ मिनेट ४५ सेकेन्डको भिडियोसहितको ट्विटमा भनेका छन्, ‘तपाईंको यो चौकिदार राष्ट्रको सेवामा बलियोसँग उभिएको छ, तर म एक्लो छैन ।’
Your Chowkidar is standing firm & serving the nation.
But, I am not alone.
Everyone who is fighting corruption, dirt, social evils is a Chowkidar.
Everyone working hard for the progress of India is a Chowkidar.
Today, every Indian is saying-#MainBhiChowkidar
— Chowkidar Narendra Modi (@narendramodi) March 16, 2019
मोदी भन्ने गर्छन्, ‘म देशको यस्तो चौकीदार हुँ जसले भ्रष्टाचारलाई अनुमति दिँदैन र आफूले पनि भ्रष्टाचार गर्दैन ।’
मोदीको यस भनाइलाई व्यंग्य गर्दा आम आदमी पार्टीकी एक सांसदले गत साता नेपालीलाई समेत मुछेर स्टाटस लेखेकी थिइन् ।
‘हामीलाई देश हाँक्ने नेता चाहिएको हो, चौकिदार त हामी नेपालबाटै ल्याउन सक्छौं,’ उनले ट्विटरमा लेखेकी थिइन् । यसमा नेपालीहरुले तीव्र आलोचना गरेपछि उनले सो ट्विट हटाएकी थिइन् ।
आफूलाई देशको चौकिदार बताउने गरेका मोदीले चुनाव नजिकिँदै गर्दा नयाँ फन्डा निकालेका हुन् ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












