अनुमतिबिना कसैले लोला हान्यो १०० मा फोन गर्नुहोस्
काठमाडौं । तपाइलाई कसैले जबरजस्ती लोला हान्यो १०० मा फोन गर्नुहोस् । हो तपाईलाई कसैले जबरजस्ती लोला हान्यो भने १०० फोन गर्नुहोस् यो अनुरोध महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले गरेका हुन् ।
बुधबार देशभरी नै होली मनाईदैछ । होलीका समयमा जबरजस्ती लोला हानेमा प्रहरीले नियन्त्रणमा लिएर कारवाही गर्ने भएको छ ।
होलीमा सरकारले सार्वजनिक बिदा दिएपनि काम विशेषले सडकमा निस्कनेहरुमाथि कसैले लोला हानेमा त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए ।
होलीको अवसरमा ठूला कार्यक्रमहरु समेत आयोजना गरिने काठमाडौंमा होली सुरक्षाका लागि मात्रै २ हजार २ सय प्रहरी परिचालन गरिने छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको स्वयम्भुस्थित भुइँखेल चौर, भृकुटीमण्डप, सिफल चौर, गोंगबु बसपार्क, लैनचौर, ठमेल, क्षेत्रपाटी र सामाखुसी लगायतका १८ स्थानका होली विशेष कार्यक्रम गर्न अनुमति दिएको छ ।
असन, होटल मल्ल र कुलेश्वर भलिबल ग्राउण्डमा समेत अनुमति लिएर होली विशेष कार्यक्रम गर्न लागिएको जनाइएको छ।
होली विशेष ठूला कार्यक्रममा १५ जनाको दरले प्रहरी परिचालन गरिने काठमाडौं प्रहरीले जनाएको छ ।
होलीको बाहना बनाएर सडकमा हिँड्डूल गर्ने युवा युवतीहरुलाई जवरजस्ती लोला हान्नेहरुलाई तत्काल नियन्त्रणमा लिइने र गल्ती स्वीकार गरेमा एक पटकमात्र अभिभावकको जिम्मा लगाएर छाडिने प्रहरी वरिष्ठ उपरीक्षक लामाले बताए ।
उनले भने, ‘यदि कसैले दोस्रो पटक जवरजस्ती लोला हान्ने हर्कत गर्दैन र अभिभावकले प्रहरीलाई आस्वस्त बनाउँछन् भने एकपटकलाई छाड्छौं अन्यथा कानुनी कारवाही हुन्छ ।’
काठमाडौं प्रहरी परिसरले ‘होली विशेष सुरक्षा योजना’ बनाएर सोमबारदेखि नै प्रहरी परिचालन गरिसकेको छ ।
काठमाडौं प्रहरीले दिएको जानकारी अनुसार १०७ ठाउँमा पिकेट ड्युटी परिचालन गरिएका छ । कार्यक्रम हुने स्थान र सडकमा पैदल हिँड्नेहरुका लागि समस्या नपरोस् भन्नका लागि पिकेट ड्युटी खटाउने गरिन्छ ।
२० स्थानमा मोवाइल टोली, क्विक रेस्पोन्स टीम ‘क्युआरटी’ मोटरसाइकल ९२ वटा, २८ स्थानमा पैदल गस्ती, चार स्थामा ट्राइकिङ फोर्स र ११ ठाउँमा रिजर्भ फोर्स तैनाथ गरेर होलीको सुरक्षा गर्नेगरी काठमाडौं प्रहरीले योजना बनाएको छ ।
फागुन ६ गते पहाडी जिल्ला र काठमाडौं उपत्यकामा मनाइने फागू पूर्णिमा अर्थात होली तराईमा ७ गते मनाइँदै आएको छ । डौं प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
अख्तियारका पदाधिकारीलाई पाँचघण्टा सोधपुछ गरेको विषय बालेनले नैं गरे पुष्टि
काठमाडौं ।अख्तियारका पदाधिकारीलाई पाँच घण्टा सोधपुछ गरेको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीकार गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार रास्वपाको...
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...
-
जावलाखेल चिडियाखानाका प्रमुखमाथि छानबिन थालियो, बर्ड फ्लु सङ्क्रमणको सूचना लुकाएको आरोप
काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखानामा बर्ड फ्लु (एच५एन१) सङ्क्रमण पुष्टि भएको जानकारी राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै नदिई...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...
-
केही दिनसम्म सम्पर्कविहिन पूर्व कार्यवाहक महालेखापरीक्षक अन्ततः मृत भेटिए
काठमाडौं । परिवारबाट केही दिनदेखि सम्पर्कविहिन भएका पूर्व कार्यवाहक महालेखा परीक्षक वामदेव शर्मा अधिकारी अन्ततः मृत फेला परे । उनको...











