ब्राजिलका राष्ट्रपति अमेरिका भ्रमणमा
वासिङ्टन । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो संयुक्तराज्य अमेरिकाका राष्ट्रपतिसँग भेटवार्ता गर्न आइतबार वासिङ्टन डिसी आइपुगेका छन् ।
दुबै राष्ट्रपतिले मुख्यरुपमा भेनेजुएला सङ्कटका बारेमा छलफल गर्ने समाचारमा जनाइएको छ ।
राष्ट्रपति बोल्सोनारोका मन्त्रिपरिषदका छ सदस्य पनि समावेश छन् । ब्राजिलका विदेश मन्त्री अर्नेस्टो आराउजो, अर्थ मन्त्री पाउलो गुडेस र कानुन मन्त्री सर्जेइ मोरो भ्रमण दलमा सहभागी छन् ।
बोल्सोनारोले वासिङ्टनमा आइपुगेपछि गरेको ट्वीटमा भनेका छन्, “अमेरिका विरोधी नरहेका पहिलो राष्ट्रपति अमेरिका भ्रमणमा आइपुगेको छ । यो वर्षौंपछि पहिलो पटक हुन लागेको छ ।”
राष्ट्रपति बोल्सोनारोको जनवरी १ मा कार्यभार सम्हालेयता कुनै राष्ट्रको पहिलो औपचारिक भ्रमण हो । यसअघि उहाँ गत जनवरीमा स्वीट्जरल्यान्डमा आयोजित डाभोस बैठकमा सहभागी भएका थिए ।
राष्ट्रपति बोल्सोनारो मङ्गलबार स्वदेश फर्कनुहुनेछ ।
ह्वाइट हाउसको बाहिर दर्जनौं प्रदर्शनकारीले बोल्सोनारोको विरुद्धमा नाराजुलुस गरेका थिए । उनीमाथि अधिकारकर्मी मारिएला फ्रान्कोको हत्यामा संलग्न रहेको आरोप छ । प्रहरीले भने फ्रान्कोको हत्यामा राष्ट्रपतिको कुनै संलग्नता नरहेको दाबी गरेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्प र ब्राजिलका राष्ट्रपति बोल्सोनारो दुबैमाथि दक्षिणपन्थीको आरोप लाग्ने गरेको छ ।
अमेरिकी महादेशका यी दुई विशाल भूगोल र जनसंख्या भएका देशबीच पछिल्लो समय क्षेत्रीय मामिलामा एकमत देख्न पाइन्छ ।
भेनेजुएला सङ्कटका बारेमा संयुक्तराज्य अमेरिका र ब्राजिलले त्यहाँका विपक्षी नेता हुवाँ गुएइदोको समर्थन गरेका छन् । दुबै मुलुकले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई सत्ताच्यूत गर्न चाहेका छन् ।
ब्राजिल फर्किएलगत्तै राष्ट्रपति बोल्सोनारोले चिली र मार्चको अन्त्यमा इजरायलको भ्रमण गर्नेछन् ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












