ब्राजिलका राष्ट्रपति अमेरिका भ्रमणमा
वासिङ्टन । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो संयुक्तराज्य अमेरिकाका राष्ट्रपतिसँग भेटवार्ता गर्न आइतबार वासिङ्टन डिसी आइपुगेका छन् ।
दुबै राष्ट्रपतिले मुख्यरुपमा भेनेजुएला सङ्कटका बारेमा छलफल गर्ने समाचारमा जनाइएको छ ।
राष्ट्रपति बोल्सोनारोका मन्त्रिपरिषदका छ सदस्य पनि समावेश छन् । ब्राजिलका विदेश मन्त्री अर्नेस्टो आराउजो, अर्थ मन्त्री पाउलो गुडेस र कानुन मन्त्री सर्जेइ मोरो भ्रमण दलमा सहभागी छन् ।
बोल्सोनारोले वासिङ्टनमा आइपुगेपछि गरेको ट्वीटमा भनेका छन्, “अमेरिका विरोधी नरहेका पहिलो राष्ट्रपति अमेरिका भ्रमणमा आइपुगेको छ । यो वर्षौंपछि पहिलो पटक हुन लागेको छ ।”
राष्ट्रपति बोल्सोनारोको जनवरी १ मा कार्यभार सम्हालेयता कुनै राष्ट्रको पहिलो औपचारिक भ्रमण हो । यसअघि उहाँ गत जनवरीमा स्वीट्जरल्यान्डमा आयोजित डाभोस बैठकमा सहभागी भएका थिए ।
राष्ट्रपति बोल्सोनारो मङ्गलबार स्वदेश फर्कनुहुनेछ ।
ह्वाइट हाउसको बाहिर दर्जनौं प्रदर्शनकारीले बोल्सोनारोको विरुद्धमा नाराजुलुस गरेका थिए । उनीमाथि अधिकारकर्मी मारिएला फ्रान्कोको हत्यामा संलग्न रहेको आरोप छ । प्रहरीले भने फ्रान्कोको हत्यामा राष्ट्रपतिको कुनै संलग्नता नरहेको दाबी गरेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्प र ब्राजिलका राष्ट्रपति बोल्सोनारो दुबैमाथि दक्षिणपन्थीको आरोप लाग्ने गरेको छ ।
अमेरिकी महादेशका यी दुई विशाल भूगोल र जनसंख्या भएका देशबीच पछिल्लो समय क्षेत्रीय मामिलामा एकमत देख्न पाइन्छ ।
भेनेजुएला सङ्कटका बारेमा संयुक्तराज्य अमेरिका र ब्राजिलले त्यहाँका विपक्षी नेता हुवाँ गुएइदोको समर्थन गरेका छन् । दुबै मुलुकले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई सत्ताच्यूत गर्न चाहेका छन् ।
ब्राजिल फर्किएलगत्तै राष्ट्रपति बोल्सोनारोले चिली र मार्चको अन्त्यमा इजरायलको भ्रमण गर्नेछन् ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











