महिला साफ च्याम्पियनसीपः नेपालले इतिहास रच्ने अवशर गुमायो
काठमाडौं । पाँचा साफ च्याम्पियनसीपको फाइनलमा फेरी नेपाल भारतसँग पराजित भएको छ । गत महिना भारतीय भूमिमै भएको हिरो गोल्डकपमा एक खेलमा बराबरी र एक खेलमा पराजित गरेको नेपाल आज ३—१ पराजित भयो ।
विराटनगरको शहिद रंगशालामा शुक्रबारको खेल जित्दै भारतले पाँचौ पटक उपाधि जितेको हो । भारतसँग फाइनलमा नेपालको यो चौथो हार हो ।
यो संस्करणमा घरेलु मैदान र दर्शक को साथ पाएको नेपालले भारतलाई पराजित गरि उपाधि कब्जा गर्ने अवशर गुमायो । नेपालका लागि सावित्रा भण्डारीले १ गोल गरिन् ।
२६औँ मिनेटमा नेपालकी हिरा कुमारी भुजेलले भारतकी ग्रेसलाई फल गरेपछि करिब ३० यार्डमा प्राप्त फ्रिकिकमा डालिमाले उत्कृष्ट गोल गरिन्।
गोल खाएपछि नेपालले ६ मिनेटपछि नै गोल फर्कायो। ३३औँ मिनेटमा सावित्राले पुनम जर्घा मगरले सेन्टरबाट उपलब्ध गराएको पासमा डि एरिया भित्रबाट हेड गोल गर्दै खेल बराबरी गरिन्।
पहिलो हाफमा त्यसपछि गोल हुन सकेन। दोस्रो हाफको सुरुवातदेखि नै नेपाललाई दबाबमा राखेको भारतले दुई गोल थप्यो। ६३औँ मिनेटमा ग्रेसले गोल गर्दै भारतलाई २-१ को अग्रता दिलाइन्। सन्ध्याले उपलब्ध गराएको पासमा ग्रेसले नेपाली गोलकिपर एन्जिला सुब्लाई बिट गर्दै खाली पोष्टमा गोल गरेकी हुन्।
अग्रता बनाएपछि नेपालमाथि हावी बनेको भारतको लागि ७७औँ मिनेटमा वैकल्पिक खेलाडी अन्जु तामाङले तेस्रो गोल गरिन्।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












