कांग्रेस नेताहरु जिल्ला भ्रमणमा
काठमाडौं ।
नेपाली कांग्रेसका नेताहरु अहिले जिल्ला भ्रमणमा निस्केका छन् । कांग्रेसका महामन्त्री डा. शशांक कोइराला पश्चिम नेपालको भ्रमणमा निस्केका छन् । कोइराला निकट एक नेताका अनुसार महामन्त्री कोइरालाले पाँच नम्बर प्रदेशका विभिन्न जिल्ला भ्रमण गर्ने कार्यक्रम तय छ ।
उनी आज बर्दियामा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुनेछन्।
महामन्त्री कोइराला बाँकेपछि दाङ जाने कार्यक्रम छ । कोइराला चैत्र १५ गते पाल्पा पुग्ने कार्यक्रम तय भएको छ ।
उनले पाल्पामा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन् । १५ गते पाल्पा नै बसेर कोइराला चैत्र १६ गते गुल्मीका लागि प्रस्थान गर्ने बताइएको छ ।
कोइरालाका साथमा केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र कल्याण गुरुङ सहभागी छन् । यता वरिष्ठ नेता पौडेल पूर्वी जिल्लाको भ्रमणमा निस्कएका छन् । पौडेलसागै केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी, पूर्व सांसद रेशम बानियाँलगायतका नेताहरु रहेका छन् ।
उनी सिन्धुली, सर्लाही, महोत्तरी र धनुषा लगायतका जिल्लामा आयोजित विभिन्न कार्यक्रमा सहभागि हुनेछन् ।
फागुनको अन्तिम साता पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा।शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला, रमेश लेखक लगायतका नेताहरु देश दौडाहामा निस्किएका थिए ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












