बलात्कार आरोपमा पक्राउ
काभ्रे ।
तेमाल गाउँपालिका–२ चुखाबेँसीमा एक किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । बर्दियाको मधुवन नगरपालिका–१ का २६ वर्षीय गोविन्द परियारलाई गाडी चढेर भाग्ने क्रममा काठमाडौँस्थित रत्नपार्कबाट सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
उनका अनुसार परियार घर बनाउने काममा केही समयदेखि काभे्रपलाञ्चोकको विभिन्न स्थानमा बस्दै आएका थिए । गत शनिबार राति १ बजे ती किशोरीलाई फोन गरी भेट्न बोलाएर जबरर्जस्ती गर्दा स्थानीयवासीले थाहा पाएपछि परियार भागेको पीडित परिवारद्वारा गत आइतबार काभे्रपलाञ्चोक प्रहरीमा दर्ता किटानी जाहेरीमा उल्लेख गरिएको छ । पक्राउ परेका युवकको सोमबारैै म्याद थप गरी घटनाको अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
मङ्गलबारनै पीडित किशोरीको स्वास्थ्य परीक्षण गरिएको छ । मुलुकी संहितामा आरोपितलाई जबरर्जस्ती करणी कसुरअनुसार १२ देखि १४ वर्षसम्म कैद सजाय हुने प्रावधान छ ।
काभे्रपलाञ्चोक प्रहरीले यही चैत ३ गते मण्डनदेउपुर नगरपालिका–७ कोदारीटोलकी एक १४ वर्षकी किशोरीको सामूहिक बलात्कारमा संलग्न चारजना युवकलाई पनि पक्राउ गरी जबरर्जस्ती करणी कसुरमा मुद्दा चलाएको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












