पाकिस्तान प्रिमियर लिग खेलेका कारण दिल्लीले सन्दिपलाई खेलाएन् !
काठमाडौं ।
गत शनिबारबाट सुरु भएको इण्डियन प्रिमियर लिग आइपिएलमा मंगलबार पाँच औं खेल सकिँदासम्म चेन्नइ सुपर किंग ४ अंक सहित शीर्ष स्थानमा छ ।
आफ्नो दोस्रो खेलमा दिल्लीलाई हराएको चेन्नइ मंगलबारको खेलपछि शीर्ष स्थानमा उक्लेको हो ।
दिल्लीको घरेलु मैदानमा भएको खेलमा दिल्ली ६ विकेटले पराजित भयो । दोस्रो खेलमा पनि नेपाली स्टार सन्दिप लामिछानेलाई अन्तिम ११ मा नराख्नुलाई अहिले क्रिकेट पण्डितहरुले आश्चार्य ब्यक्त गरिरहेका छन् ।
पनि कि दोस्रो म्याच दिल्लीको होम ग्राउन्डमा भएको थियो, जहाँको पिच स्पिनरका लागि सुहाउँदो थियो । यदि सन्दीपलाई खेलाएको भए म्याचको नतिजा अर्कै आउन सक्ने क्रिकेट विश्लेषकहरुले बताएका छन् ।
पहिलो म्याचमा सन्दीप ४ ओभरसिज प्लेयरको कोटामा अटाएनन् भन्ने हो भने दोस्रोमा अटाउन सक्थे । किनकी दोस्रो म्याचमा दिल्लीले ३ जना मात्रै ओभरसिज प्लेयरलाई खेलाएको थियो ।
क्रिकेट विश्लेषकहरु ब्राड होज र दिप् गुप्ताले पनि टिम सेलेक्सनमा दिल्ली चुकेको निश्कर्ष सुनाए ।
‘सन्दीप किन टिममा परेनन् म आश्चर्यमा छु । यस्तो पिचमा उनी म्याच विनर सावित हुन सक्थे ।’ होजले भने, ‘सन्दीप र अमित मिश्रको जोडीलाई झेल्न चेन्नईका ब्याट्सम्यानलाई सहज हुने थिएन ।
‘उनले सेन वाट्सन र महेन्द्र सिंह धोनी जस्ता ब्याट्सम्यानलाई अप्ठेरोमा पार्न सक्थे । सन्दीपलाई नखेलाउनुको कुनै तार्किक कारण देखिएन । होजले क्रिकइन्फोसँग भनेका छन् ।’
कतिपयले चाहिँ पाकिस्तानी लिग खेलेका कारण असन्तुष्ट भएर दिल्लीले सन्दीपलाई बाहिर राखेको टिप्पणीसमेत गरेका छन् ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











