दिल्लीबाट सन्दीप तेस्रो खेलमा टीममा पर्न सक्छन् (भिडियोसहित)
काठमाडौं ।
इण्डियन प्रिमियर लिगमा दिल्लीबाट तेस्रो खेलमा सन्दीप लामछिाने खेल्ने सम्भावना देखिएको छ ।
लगातार दुई खेलमा टीममा सन्दीप नपरेपछि क्रिकेट विश्लेषक तथा समर्थकहरुले पनि आश्चार्य व्यक्त गरिरहेका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई दिल्लीले शुरुवातमै मैदानमा उतार्ने विश्वास नेपाली क्रिकेट समर्थक र विश्लेषकले गरेपनि त्यसो हुन सकेन् ।
आईपीएलमा दिल्लीले खेलेका दुई खेलमा एक जीत र एक हार बेहोरेको छ । पहिलो खेलमा जीते हात पारेको दिल्लीले दोस्रो खेल घरेलु मैदान फिरोज शाह कोट्ला रंगशालामा पराजित भएको हो ।
उक्त खेलमा सन्दीप प्लेइङ ११ मा नपर्दा अर्का स्पिनर अमित मिश्रा मैदान उत्रिएका थिए । दोस्रो खेलमा दिल्ली पराजित भइसकेपछि कतिपयले दिल्लीले स्पिनरमा जोड दिनु पर्ने बताउँदै आइरहेका छन् ।
लगातार दुई खेल सकिँदा दिल्लीले नेपाली लेग स्पिनरलाई सामाजिक सञ्जालमा ‘मार्क’ गरेको थिएन् । दिल्लीले पछिल्लो पटक सन्दीपले घडी हेरिरहेको तस्वीर सार्वजनिक गरेको थियो ।
अब, दिल्लीले आफ्नो तेस्रो खेलको दुई दिन अगाडि एक भिडियो सार्वजनिक गरेको छ । जसमा सन्दीप अभ्यास स्थलमा देखिन्छन् । गाइडले सन्दीपलाई क्याच गर्न बल फ्याकिरहेका छन् । आकाश तिर उडाइएको उक्त बल क्याच गर्न सन्दीप पछाडि दैडिँदै उक्त बल क्याच गर्छन् ।
उक्त भिडियोको क्याप्सनका रुपमा दिल्लीले भनेको छ “यदि तपाई सन्दीप लामिछाने होइन भने पछाडि दौडिएर क्याच लिने गाह्रो हुन्छ ।”
अभ्यासमा रहँदा सन्दीप निकै असिन पसिन भएको देखिन्छ । जसमा उनी पसिनाले भिजेको प्रष्ट देखिन्छ ।
Taking a catch running backwards is difficult unless you’re @IamSandeep25 🔥#ThisIsNewDelhi #DelhiCapitals pic.twitter.com/5va37qW5l8
— Delhi Capitals (@DelhiCapitals) March 28, 2019
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












