शेयर बजारमा सुधारको क्रम जारी, नेप्से दुई अङ्कले बढ्यो
काठमाडौँ । शेयर बजारमा सुधारको क्रम जारी रहेको छ । पछिल्लो दिनमा सामान्य अङ्कले वृद्धि भएको बजारमा आज कारोवार मापक नेप्से परिसूचक २.०१ विन्दुले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार बढेर एक हजार १४४.५३ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३२ विन्दुले बढेर २४३.४९ विन्दुमा पुगेको छ ।
कूल १६८ कम्पनीको नौ लाख ५६ हजार ७९ कित्ता शेयर रु १४ करोड ५९ लाख ११ हजार ९१५ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका दश उपसमूह मध्ये आज चार उपसमूहको शेयर धने घटेका छन् । यस्तै छ उपसमूहको शेयरमा भने वृद्धि भएको छ । बैंकिङ १.३८, निर्जीवन बीमा १८.२, उत्पादन ४.४६,अन्य ३.४७, लघुवित्त २.५२, जीवन बीमा २६.९८ विन्दुले बढेका छन् । यस्तै होटल १४.०४, विकास बैंक तीन जलविद्युत् ०.०६ र वित्त ०.१३ विन्दुले घटेका छन् ।
कारोवारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु दुई करोड ६२ लाख ८४ हजार ८१६ मूल्यमा खरीद बिक्री भयो । यस्तै प्रभु बैंकको रु एक करोड २३ लाख २३ हजार ३५१, नेपाल लाइफ इन्स्योरेन्सको रु ९९ लाख ७६ हजार ५०४, बैंक अफ काठमाडौँ रु ९३ लाख ५५ हजार ३३०, एनएमबी बैंकको रु ८६ लाख ४६ हजार ५२५ मा कारोवार भइ शीर्ष स्थानमा रहेका छन् ।
स्टकका अनुसार सिभिल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.८८ प्रतिशतले कमाएका छन् । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था ४.७७, लक्ष्मी भ्याल्यू फण्ड एक ४.७३, नबिल इक्विटी फण्ड ४.०७ र मिर्मिरे लघुवित्त वित्तीय संस्थाका शेयरधनीले चार प्रतिशतले कमाएका छन् ।
यस्तै युनिभर्सल पावर कम्पनीका शेयरधनीले ९.५९ प्रतिशतले गुमाएका छन् । यस्तै, स्वरोजगार लघुवित्त विकास बैंक ९.१९, सिनर्जी पावर डेभलपमेन्ट ५.६०, नयाँ नेपाल लघुवित्त वित्तीय संस्था ४.६७ र सिटी उक्सप्रेस फाइनान्स कम्पनीका शेयरधनीले चार प्रतिशतले गुमाएका छन् ।
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...












