शेयर बजारमा सुधारको क्रम जारी, नेप्से दुई अङ्कले बढ्यो
काठमाडौँ । शेयर बजारमा सुधारको क्रम जारी रहेको छ । पछिल्लो दिनमा सामान्य अङ्कले वृद्धि भएको बजारमा आज कारोवार मापक नेप्से परिसूचक २.०१ विन्दुले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार बढेर एक हजार १४४.५३ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३२ विन्दुले बढेर २४३.४९ विन्दुमा पुगेको छ ।
कूल १६८ कम्पनीको नौ लाख ५६ हजार ७९ कित्ता शेयर रु १४ करोड ५९ लाख ११ हजार ९१५ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका दश उपसमूह मध्ये आज चार उपसमूहको शेयर धने घटेका छन् । यस्तै छ उपसमूहको शेयरमा भने वृद्धि भएको छ । बैंकिङ १.३८, निर्जीवन बीमा १८.२, उत्पादन ४.४६,अन्य ३.४७, लघुवित्त २.५२, जीवन बीमा २६.९८ विन्दुले बढेका छन् । यस्तै होटल १४.०४, विकास बैंक तीन जलविद्युत् ०.०६ र वित्त ०.१३ विन्दुले घटेका छन् ।
कारोवारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु दुई करोड ६२ लाख ८४ हजार ८१६ मूल्यमा खरीद बिक्री भयो । यस्तै प्रभु बैंकको रु एक करोड २३ लाख २३ हजार ३५१, नेपाल लाइफ इन्स्योरेन्सको रु ९९ लाख ७६ हजार ५०४, बैंक अफ काठमाडौँ रु ९३ लाख ५५ हजार ३३०, एनएमबी बैंकको रु ८६ लाख ४६ हजार ५२५ मा कारोवार भइ शीर्ष स्थानमा रहेका छन् ।
स्टकका अनुसार सिभिल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.८८ प्रतिशतले कमाएका छन् । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था ४.७७, लक्ष्मी भ्याल्यू फण्ड एक ४.७३, नबिल इक्विटी फण्ड ४.०७ र मिर्मिरे लघुवित्त वित्तीय संस्थाका शेयरधनीले चार प्रतिशतले कमाएका छन् ।
यस्तै युनिभर्सल पावर कम्पनीका शेयरधनीले ९.५९ प्रतिशतले गुमाएका छन् । यस्तै, स्वरोजगार लघुवित्त विकास बैंक ९.१९, सिनर्जी पावर डेभलपमेन्ट ५.६०, नयाँ नेपाल लघुवित्त वित्तीय संस्था ४.६७ र सिटी उक्सप्रेस फाइनान्स कम्पनीका शेयरधनीले चार प्रतिशतले गुमाएका छन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












