विप्लव समूहका ३१७ नेता तथा कार्यकर्ता पक्राउ
काठमाडौं ।
सरकारले नेकपा ‘विप्लव’ समूहका गतिविधिमाथि प्रतिबन्ध लगाएपछि सुरक्षा निकाय निकै सक्रिय बनेको छ । सरकारको निर्देशनबमोजिम सुरक्षा निकायले सो समूहका नेता कार्यकताहरु धमाधम पक्राउ गर्न थालेको छ ।
प्रधानमन्त्री केपी ओलीले मानिस मार्ने, बम पड्काउने, चन्दा आंतक मच्चाउनेलाई कुनै हालतमा नछाड्ने अडान लिंदै आएका थिए । सरकारको अडान बमोजिम सुरक्षा कारबाही तिब्र पारिएको हो ।
हालसम्ममा प्रहरीले आपराधिक गतिविधिमा संलग्न विप्लव समूहका ३१७ जनालाई पक्राउ गरिसकेको छ । विप्लव समूहका उच्च तहका नेता पक्राउ गर्न पनि प्रहरी सफल भएको छ ।
नख्खुस्थित एनसेलको कार्यालय अगाडि एकजनाको ज्यान जाने गरि गत फागुन १० गते भएको बम विस्फोटको जिम्मा विप्लव समूहले लिएपछि सुरक्षा निकायले गोप्य छानबिन शुरु गरेको थियो ।
सोहि क्रममा सुरक्षा निकायले नेकपाको मध्य कमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित दर्जनौं नेता कार्यकर्ता पक्राउ गरेको छ । वली विप्लव नेकपाभित्रका तेस्रो वरियताका नेता हुन् ।
योभन्दा अगाडि नै सरकारले विप्लब समूहका पोलिटब्यूरो सदस्य मोहन कार्की, केन्द्रीय सदस्य बसन्त श्रेष्ठ, कोशी ब्युरो इञ्चार्ज घनश्याम श्रेष्ठ र मोरङ जिल्ला इञ्चार्ज कृष्णकुमार श्रेष्ठलाई पक्राउ गरिसकेको थियो ।
यसैगरि नवलपरासी इञ्चार्ज गंगा ज्ञवाली, कालिकोट जनसरकार प्रमुख धनराज शाही, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का संयोजक राजु कार्कीसहित ३१७ जनालाई सुरक्षा निकायले पक्राउ गरी कारवाही थालेको थियो । कारवाहीका क्रममा पक्राउ परेकामध्ये ५० जना छुटेको र १६४ जना अहिले पनि हिरासतमा रहेको प्रहरीले जानकारी दिएको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












