क्षणभरमै खोसिएको खुसी
काठमाडौं ।
दिनभर दुःख जिलो गरेर साँझ परिवारसँग बसेर मिठो मसिनो खाने तयारीमा थिए बारा फेटाका बासिन्दा । कोही घर फर्कने तयारीमा थिए, कोही काममा नै थिए । उनीहरुलाई एकै छिनमा ठूलो विपद् आइपर्ला भन्ने सोेचेकै थिएनन् ।
चैतको मौसम भए पनि साँझ सामान्य हावाहुरी चल्नु स्वभाविक थियो । तर फेटाका बासिन्दाले एकै क्षणमा घरबास नै उडाउने गरी हावाहुरी आउला र आफूहरुको सर्वनास गर्ला भन्ने कल्पनासमेत गरेका थिएनन् । जुन कुरा कल्पनाभन्दा बाहिरको थियो र आखिर त्यही भयो ।
खाना पकाइरहेका गृहणी, दुधे बालक, वृद्धवृद्धा भगवान्को पुकार गर्दै ज्यान जोगाउन लागे । कोही ज्यान जोगाउन खोज्दा खोज्दै मृत्यको मुखमा परे । पशु चौपाया थलोमै किचिएर मरेका छन् । क्षणभरमै बस्ती सखाप भयो । बस्तीमा न त घर रह्यो नत अन्न बाली नै । हावाहुरीले अन्नबाली भिजेका कारण खाद्यान्न सामग्रीसमेत अभाव हुने स्थिति देखिएको छ ।
विद्युत्का सबै पोल ढलेका छन् । जसका कारण बत्ती नआउँदा मोबाइल फोन चलाउनसमेत समस्या परेको छ । आइतबार साँझदेखि बारा र पर्साका ग्रामीण क्षेत्रका नागरिक भोकभोकै आकाश मुनी रात बिताउन बाध्य भएका छन् । बारा पर्साको सीमा क्षेत्रको फेटा, प्रसौनीलगायतका क्षेत्रमा सबैभन्दा बढी प्रभावित भएको छ ।
‘गोरखा भूकम्प’ को जस्तै प्राकृतिक विपत्तिमा परेका छन् बारा र पर्साका बासिन्दा । एकै क्षणमा बस्ती नै सखाप बनाउने गरी आएको हावाहुरीले घर उडायो, बस्ती उडायो, रुख बिरुवासमेत खण्डहर बनाएको छ । पछिल्लो विवरणअनुसार ३१ को मृत्यु भएको छ भने ६०० बढी विभिन्न अस्पतालमा उपचाररत छन् ।

एकाएक आइपरेको विपद्ले अस्पतालमा चिकित्सको अभाव देखिएको प्रदेश नं २ को सरकारले जनाएको छ । घाइतेको उपचारका लागि स्थान अभाव भएका छन् । रगतको समेत अभाव देखिएको छ ।
शक्तिशाली हावाहुरीले रोकि राखेको सवारी साधन पल्टाइ दिएको छ । सरकारले राहत र उद्धारलाई पहिलो प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पूर्वनिर्धारित झापाको कार्यक्रम छाडेर हावाहुरी प्रभावित क्षेत्रमा पुगेका छन् । प्रधानमन्त्रीले आइतबार राति नै राहत तथा उद्धारमा जुट्न सबैलाई आग्रह गरेका छन् ।
मुख्यमन्त्री लालबाबु राउतले विपद् व्यवस्थापनको लागि तत्काल औषधि, खाद्यान्न, त्रिपाललगायतका राहत सामग्री तथा तत्काल उपचार उपलब्ध गराउन जिल्ला दैवी प्रकोप उद्धार समितिलाई क्रियाशिल गराई परिचालन गर्ने निर्णय गरेको जानकारी दिए ।
विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले मुख्यमन्त्री राहत कोषको खातासमेत खोलेको छ । प्रदेश सरकारले पीडितका लागि तत्काल रु तीन लाख राहत रकम उपलब्ध गराउने घोषणा गरेको छ ।
नेपालमा छैन आँधी पूर्वानुमानको संयन्त्र
चैतदेखि जेठसम्मको समय प्रि–मनसुनको हो । पानी पर्नु र हावाहुरी चल्नु सामान्य भए पनि आँधीकै शैलीमा नै हावा चल्नु भने अस्वाभाविक रहेको देखिएको छ । जल तथा मौसम विज्ञान विभागले पानी पर्ने, हावाहुरी चल्ने र हिमपात हुने जस्ता विषयमा पूर्वअनुमान गर्दै आएको छ । तर आइतबार साँझ बारा, पर्सामा प्रकृतिले देखाएको ताण्डवका बारेमा किन पूर्वअनुमान गर्न सकेन भन्ने जिज्ञासासमेत आम रुपमा उठेको छ ।
विभागका महानिर्देशक सर्जुकुमार वैद्यले भने, “प्रि– मनसुनका क्रममा दिउँसो तातो हुने र साँझ चिसो बढ्दै जाँदा स्थानीय वायु प्रणाली सक्रिय भइरहेको तथा विगत केही दिनदेखि पश्चिमी न्यून चापिय प्रणालीको असर देखिएकाले आकस्मिक रुपमा आँधी उत्पन्न हुन गयो ।”
वायुमण्डलको माथिल्लो भाग अस्थिर बन्न जाँदा सीमित स्थानमा छोटो समयमा नै आँधीको विकास भयो र बारा, पर्साका विभिन्न क्षेत्रमा आँधी उत्पन्न भएको महानिर्देशक वैद्यको भनाइ छ । विभागका अनुसार यस्तो मौसमी पूर्वानुमान गर्न गाह्रो हुने भन्दै विकसित मुलुकले समेत पत्ता लगाउन सकेको छैन ।
महानिर्देशक वैद्यले मौसमी पूर्वानुमान प्रणालीको अनुसन्धानमा नयाँ प्रविधिको खोज गर्नुपर्ने बताए ।
विभागले हाल गर्ने गरेको अनुमान तत्कालका लागि मात्रै हुने भएकाले भविस्यको पूर्वानुमान गर्न सकेको छैन । विभागले हाल सुर्खेतमा मौसमी राडार जडान गरेको भए पनि जनशक्तिको अभावमा सञ्चालनमा ल्याउन सकेको छैन । जलवायु परिवर्तनले समेत केही असर पारेका कारण यस्ता पूर्वानुमान गर्न समस्या पर्ने विभागको भनाइ छ ।
विभागका पूर्वमहानिर्देशक ऋषीराम शर्माले बारा र पर्साको आँधी प्रतिघण्ठा ८० किलोमिटर बराबरको रहेको र ठूलो आँधीका रुपमा लिनुपर्ने बताए । मौसमका विषयमा विशेष जानकारी राखेर अध्ययन गर्ने प्रणाली र जनशक्ति नै नेपालमा छैन । हाल ७२ घण्टाको अनुमान हुने भएको छ । छिमेकी देश भारतमा १५ दिनदेखि एक महीनासम्मको अनुमान गर्ने गरिएको छ । आकस्मिक रुपमा हुने यस्ता विपद्को भने अनुमान गर्न गाह्रो हुने शर्माको भनाइ छ । कमजोर पूर्वाधार, विद्युत्को खम्बा, रुख ढल्दा, घरको छाना खस्दासमेत ठूलो मात्रामा जनधनको क्षति भएको छ ।
पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने, पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिँदै हाल जल तथा ऊर्जा आयोगको सचिवालयमा कार्यरत सहसचिव शर्माले भन्नुभयो, “स्थानीय वायुको प्रभाव तल्लो भेगमा यसरी पर्ला भन्ने अनुमान गर्न गाह्रो थियो, तर सामान्य रुपमा मेघ गर्जनसहित पानी पर्ने सम्भावनालाई भने अनुमान गर्न सकिन्छ ।” स्थानीय वायुको प्रभाव तल्लो भेगमा आकलन गर्न गाह्रो हुने भन्दै पूर्वानूमान गर्न समस्या भएको विभागले जनाएको छ ।
पोखराको प्रभाव बारामा
मौसमविद् सुजन सुवेदीले भने आकस्मिक रुपमा देखा परेको आँधीको छुट्टै अनुसन्धान गर्नुपर्ने बताए । उनले भने, “प्रि–मनसुनका कारण वायु मण्डलमा न्यून चापिय क्षेत्रको स्थापना भएर पोखराको आकाशमा थप नयाँ बादल विकास भयो र त्यो बादल दक्षिण पूर्वतर्फ बहँदा बारा र पर्सालाई मुख्य प्रभावमा पा¥यो र ठूलो मात्रामा क्षति पु¥यायो ।” नेपालमा हावाहुरीका बारेमा खासै पूर्वानुमान नहुने भन्दै उनले वर्षा, हिमपात, मेघ गर्जन, बादल, तापक्रमको मात्रै पूर्वानुमान हुने गरेको बताए ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












