काठमाडौंमा ‘असन्तुष्ट’ कांग्रेस जिल्ला सभापतिहरुको भेला
काठमाडौं ।
नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला राजधानीमा सुरु भएको छ । पछिल्लो समय नेतृत्वसँग असन्तुष्टि रहेका सभापतिहरुले महासमिति बैठकमा उठाएका एजेण्डा नेतृत्वले लत्याएपछि उनीहरुले थप रणनीति बनाउन भेला बोलाएका हुन् ।
भेलाबाट पार्टीको संशोधित विधानमा गरिएको स्वतः महाधिवेशन प्रतिनिधि र आरक्षणको सुविधाबारे पुनर्विचारका लागि पार्टीलाई दबाब दिने असन्तुष्ट जिल्ला सभापतिहरुले तयारी गरेका छन् ।
कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँको संयोजनमा हुन गइरहेको बैठक अहिले केहीबेरमा सुरु हुने बताइएको छ । जिल्ला सभापतिहरुले भेला हुने स्थान भने खुलाएका छैनन् ।
भेलामा ४५ भन्दा बढी जिल्लाका सभापतिहरुको सहभागिता रहने पनि दाबी गरिएको छ ।
महासमिति बैठकमा जिल्ला सभापतिहरुले केन्द्रीय पदाधिकारी र सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुने व्यवस्था खारेज हुनुपर्ने र समानुपातिक समावेशी सुविधा एकै व्यक्तिमा दोहो¥याउन नहुने प्रस्ताव गरेका थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले महासमितिको समापन समारोहमा उनीहरुको माग केन्द्रीय कार्यसमिति बैठकबाट सम्बोधन गर्ने प्रतिवद्धता पनि जनाएका थिए ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












