एनबी बैंकले कर्पोरेट कार्यालय बनाउन अजयराज सुमार्गीको साढे ७ रोपनी जग्गा किन्यो
काठमाडौं । अजयराज सुमार्गीको मुक्तिश्री कम्पनीले नेपाल बंगलादेश बैंकलाई विशालनगरको साढे ७ रोपनी जग्गा ९५ करोडमा विक्रि गरेको छ ।
नेपाल वंगलादेश बैंकले उक्त जग्गा किन्न चार महिना अगाडी नै बोर्ड बैठकले पास गरेपछि उक्त जग्गा कारोबार भएको बैंकका कार्यकारी प्रमुख ज्ञानेन्द्र ढुंगानाले जनाएका छन् ।
न्युज-नेपालसँगको कुराकानीमा ढुंगानाले भने, केहि संचारमाध्यममा हाम्रोबारे गलत समाचार प्रकाशन गरे भ्रम फैलाउन खोजिएको छ । वास्तवमा जग्गा किन्ने प्रक्रिया र मूल्य बजारमा चलेको दर रेटमा भएको छ । हामीले कमलादी एरियामा जग्गा खोज्दा खोज्दा नपाएपछि उक्त जग्गाको मूल्य, लोकेशन सबै हिसाबले सुहाउदो भएपछि कारोबार भएको कुरा तपाईको मिडिया मार्फत भन्न चाहन्छु ।
बैंकको कार्यालय रहेको अहिलेको भवन लिजमा लिएर चलेको छ । अब हामीले आफ्नै भवन निर्माण गर्नेछाैं । जग्गा किनिसकेका छाैं । तर, कतिपयले जग्गाको मूल्यामाथि प्रश्न उठाएका छन् । बाहिर आएजस्तो जग्गाको मूल्य चर्को भएको हो भन्ने मलाई लाग्दैन् । समय र बजार भाउ अनुसार जग्गा किनेका छाैं । त्यहाँ वरिपरिको जग्गा मूल्य कति छ भनेर हेर्दा मात्रै पनि सबै कुरा थाहा भइहाल्छ । धेरै कुरा गरेर विवाद सिर्जना गर्दा के नै पो हुनेौ हो र, घिमिरेले भने ।
सुमार्गीको २० रोपनी जग्गामध्ये साढे ७ रोपनी जग्गा बैंकले किनेको हो ।
कित्ता नम्बर १४१ को ३२२६.८२ वर्गमिटर र कित्ता नम्बर ३१७ को ६२०.५० वर्गमिटर गरि ३८४७.३२ वर्गमिटर (७.५६ रोपनी) जग्गा बिक्री गरिएको हो। बैंकले सुमार्गीबाट किनेर केही दिनअघि डिल्लीबजार मालपोत कार्यालयमा नामसारीसमेत गरिसकिएको छ।
नेपाल बंगलादेश बैंकको कमलादीस्थित मुख्य कार्यालयलाई आगामी साढे दुई वर्षभित्र विशालनगरमा सार्ने उदेश्यले जग्गा किनिएको ढुंगानाले जनाएका छन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












