एनबी बैंकले कर्पोरेट कार्यालय बनाउन अजयराज सुमार्गीको साढे ७ रोपनी जग्गा किन्यो
काठमाडौं । अजयराज सुमार्गीको मुक्तिश्री कम्पनीले नेपाल बंगलादेश बैंकलाई विशालनगरको साढे ७ रोपनी जग्गा ९५ करोडमा विक्रि गरेको छ ।
नेपाल वंगलादेश बैंकले उक्त जग्गा किन्न चार महिना अगाडी नै बोर्ड बैठकले पास गरेपछि उक्त जग्गा कारोबार भएको बैंकका कार्यकारी प्रमुख ज्ञानेन्द्र ढुंगानाले जनाएका छन् ।
न्युज-नेपालसँगको कुराकानीमा ढुंगानाले भने, केहि संचारमाध्यममा हाम्रोबारे गलत समाचार प्रकाशन गरे भ्रम फैलाउन खोजिएको छ । वास्तवमा जग्गा किन्ने प्रक्रिया र मूल्य बजारमा चलेको दर रेटमा भएको छ । हामीले कमलादी एरियामा जग्गा खोज्दा खोज्दा नपाएपछि उक्त जग्गाको मूल्य, लोकेशन सबै हिसाबले सुहाउदो भएपछि कारोबार भएको कुरा तपाईको मिडिया मार्फत भन्न चाहन्छु ।
बैंकको कार्यालय रहेको अहिलेको भवन लिजमा लिएर चलेको छ । अब हामीले आफ्नै भवन निर्माण गर्नेछाैं । जग्गा किनिसकेका छाैं । तर, कतिपयले जग्गाको मूल्यामाथि प्रश्न उठाएका छन् । बाहिर आएजस्तो जग्गाको मूल्य चर्को भएको हो भन्ने मलाई लाग्दैन् । समय र बजार भाउ अनुसार जग्गा किनेका छाैं । त्यहाँ वरिपरिको जग्गा मूल्य कति छ भनेर हेर्दा मात्रै पनि सबै कुरा थाहा भइहाल्छ । धेरै कुरा गरेर विवाद सिर्जना गर्दा के नै पो हुनेौ हो र, घिमिरेले भने ।
सुमार्गीको २० रोपनी जग्गामध्ये साढे ७ रोपनी जग्गा बैंकले किनेको हो ।
कित्ता नम्बर १४१ को ३२२६.८२ वर्गमिटर र कित्ता नम्बर ३१७ को ६२०.५० वर्गमिटर गरि ३८४७.३२ वर्गमिटर (७.५६ रोपनी) जग्गा बिक्री गरिएको हो। बैंकले सुमार्गीबाट किनेर केही दिनअघि डिल्लीबजार मालपोत कार्यालयमा नामसारीसमेत गरिसकिएको छ।
नेपाल बंगलादेश बैंकको कमलादीस्थित मुख्य कार्यालयलाई आगामी साढे दुई वर्षभित्र विशालनगरमा सार्ने उदेश्यले जग्गा किनिएको ढुंगानाले जनाएका छन् ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












