पूर्व बाल सैनिक विष्ट भन्छन्,- प्रचण्डविरुद्ध उजुरी दर्ता गर्ने मेरो लक्ष्य छ !
काठमाडौं । एक महिना अघिदेखि युरोपमा रहेका तत्कालीन माओवादी विद्रोहका बालसैनिक लेनिन विष्टले विभिन्न देशका सरकार र सांसदहरुलाई भेटेर प्रश्न सोधेका छन्–के हाम्रो देशमा अत्याचार हुँदा र मानवअधिकार उल्लंघन भएको विषय छ भने पनि चुप लागेर बस्नुपर्ने ? सरकारले ज्यादती गर्छ तर रोम विधान अनुमोदन गरेको छैन भनेर हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा हामीले कुरा ल्याउन नपाउने ? के कुनै देशमा जे गर्दा पनि अन्तर्राष्ट्रिय समुदाय चुप लागेर बस्ने ?
बिष्टले नेदरल्याण्डस्बाट फोनमा भने,“मैले यी कुरा उठाएपछि उनीहरु गम्भीर भएका छन् । उनीहरुले पनि तपाईंको नयाँ खालको घटना रहेछ, हामी के गर्न सक्छौं । सल्लाह गरेर भन्नेछौं भनेका छन् ।”
उनका अनुसार अहिलेसम्म उनले नेदरल्याण्डस् र बेल्जियमका विभिन्न सांसदहरु, अधिकारकर्मीहरु र हेगस्थित अन्तर्राष्ट्रिय अदालतका वकिलहरुसँग यस विषयमा छलफल गरेका छन् । उनले भने,“उनीहरुले ठोस रुपमा यसै गर्ने भनेका छैनन् । तर, केही न केही होला भन्ने मैले आशा लिएको छु ।”
विष्टले अन्य देशबाट आएका बाल सैनिकहरुसँग पनि भेट भएको र यस्ता केशमा के गर्न सकिन्छ भनेर हेगका वकिलहरुले पनि सल्लाह गरिरहेको बताए । स्वदेशमै केही गर्न सकिन्थ्यो कि किन विदेशमा यी कुरा उठाइरहेको भन्ने प्रश्नमा उनले भने,“स्वदेशमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाउँदा समेत मानिस पक्राउ पर्ने अवस्था छ । एक खालको कम्युनिष्ट अधिनायकवाद शुरु भइसकेको जस्तो देखिएको छ । हाम्रो समस्याको समाधान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाहेको भए तुरुन्तै समाधान हुन्थ्यो तर उनले नचाहेर नै विगत १० वर्षदेखि अल्झिएको हो । त्यसैले स्वदेशमा केही होला भन्ने आशा मरेको मरिसकेको छ ।”
उनले थपे ,“संयुक्त राष्ट्र संघको मानवअधिकार समितिमा समेत सदस्य रहेको राष्ट्र नेपालभित्र मानवअधिकार उल्लंघनका घटना जतिपनि भइरहने अनि त्यस्तो काम गर्ने सरकारले रोम विधान अनुमोदन गरेको छैन भनेर सहेर बसिरहनुपर्ने ? मैले अन्तर्राष्ट्रिय समुदायसँग यही कुरा उठाइरहेको छु । मिलेसम्म तत्कालीन जनसेनाका प्रमुख भएको हिसाबले प्रचण्डविरुद्ध उजुरी दर्ता गर्ने मेरो लक्ष्य छ ।”
उनले आफू मे १२ देखि १६ सम्म जर्मनीको पनि भ्रमणमा जाने र त्यहाँपनि अधिकारकर्मी र सांसदहरुलाई भेट्ने कार्यक्रम रहेको जनाए ।
कसले लग्यो युरोप ?
नेपालमा विभिन्न अधिकारवादीले उकासेर उनलाई युरोप पठाएको भन्ने आरोप लाग्दै आएपनि उनले भने आफूलाई नेपालबाट कसैले पनि नपठाएको आफैंले पहल गरेर नेदरल्याण्ड्स सरकारले निम्तो गरेको बताए । “मलाई नेपालबाट कसैले पठाएको होइन । नेदरल्याण्डस् सरकारले नै मलाई यहाँ आउन सहयोग गरेको हो,” उनको भनाइ थियो ।
मार्च २५ तारेखमा नेपालबाट त्यसतर्फ गएका उनले आफू अझै दुई महिना उतै बस्ने समेत जनाएका छन् ।
फिर्ता हुनु छैन भनेर धम्की
युरोपमा रहेका उनलाई सामाजिक सञ्जालमा मेसेज पठाएर र फोन गरेर तत्कालीन माओवादी तथा अहिले सत्तारुढ नेकपाका नेता तथा कार्यकर्ताले धम्की दिइरहेको समेत उनले बताए । “नेपाल फर्केलास् भनेर उनीहरुले धम्क्याइरहेका छन् । उनीहरुको मात्रै देश हो जस्तो गरिरहेका छन्,” उनले भने ।
उनले रोम विधान अनुमोदन नगरेपनि संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मार्फत आफ्ना विषय हेगस्थित अदालतमा लग्न सकिन्छ कि भनेरपनि छलफल भइरहेको उनको भनाई थियो ।
लेनिनलाई गएको भदौ ८ गते थाइल्याण्ड जान लाग्दा विमानस्थलबाट फिर्ता गरिएपछि सो घटना ठूलो विवादमा आएको थियो । उनले सो विषयलाई लिएर भदौ १५ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेकोमा त्यसको अन्तिम फैसला अझै हुन बाँकी रहेको जनाएका छन् ।
उनले भने,“अदालतले सारेको सार्यै गर्छ । सरकारको विरुद्धमा जान नचाहेको जस्तो देखिएको छ । त्यसैले अर्को तारेख वैशाख २९मा भएपनि अब त्यहाँ वारेस पठाउनेकि नपठाउने भनेर अन्योलमा छु । नेपालमा कोहीबाट पनि न्याय पाइँदैन भन्ने अवस्था सिर्जना गर्न खोजिएको छ । त्यो नेपाल सरकारकै लागिपनि लाजमर्दो विषय हो । ” बाह्रखरीबाट साभार गरिएको ।
Comments
अरु समाचार
-
उपाध्यक्ष पौडेल पक्राउ गैरन्यायिक भएको एमालेको निष्कर्ष, तत्काल रिहाइ गर्न माग
काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउ गैरन्यायिक भएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको संसदीय...
-
उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्रको रूपमा टिप्पणी...
-
रास्वपा महाधिवेशनको बन्द सत्र आजदेखि, नेता चयनका लागि निर्वाचन कार्यक्रम अघि बढाइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरू हुँदैछ। आइतबार भरतपुरको गेस्ट हाउस चउरमा उद्घाटन...
-
पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन
काभ्रेपलाञ्चोक । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय दम बढेर...
-
अख्तियारका पदाधिकारीलाई पाँचघण्टा सोधपुछ गरेको विषय बालेनले नैं गरे पुष्टि
काठमाडौं ।अख्तियारका पदाधिकारीलाई पाँच घण्टा सोधपुछ गरेको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीकार गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार रास्वपाको...
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...











