पूर्व बाल सैनिक विष्ट भन्छन्,- प्रचण्डविरुद्ध उजुरी दर्ता गर्ने मेरो लक्ष्य छ !
काठमाडौं । एक महिना अघिदेखि युरोपमा रहेका तत्कालीन माओवादी विद्रोहका बालसैनिक लेनिन विष्टले विभिन्न देशका सरकार र सांसदहरुलाई भेटेर प्रश्न सोधेका छन्–के हाम्रो देशमा अत्याचार हुँदा र मानवअधिकार उल्लंघन भएको विषय छ भने पनि चुप लागेर बस्नुपर्ने ? सरकारले ज्यादती गर्छ तर रोम विधान अनुमोदन गरेको छैन भनेर हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा हामीले कुरा ल्याउन नपाउने ? के कुनै देशमा जे गर्दा पनि अन्तर्राष्ट्रिय समुदाय चुप लागेर बस्ने ?
बिष्टले नेदरल्याण्डस्बाट फोनमा भने,“मैले यी कुरा उठाएपछि उनीहरु गम्भीर भएका छन् । उनीहरुले पनि तपाईंको नयाँ खालको घटना रहेछ, हामी के गर्न सक्छौं । सल्लाह गरेर भन्नेछौं भनेका छन् ।”
उनका अनुसार अहिलेसम्म उनले नेदरल्याण्डस् र बेल्जियमका विभिन्न सांसदहरु, अधिकारकर्मीहरु र हेगस्थित अन्तर्राष्ट्रिय अदालतका वकिलहरुसँग यस विषयमा छलफल गरेका छन् । उनले भने,“उनीहरुले ठोस रुपमा यसै गर्ने भनेका छैनन् । तर, केही न केही होला भन्ने मैले आशा लिएको छु ।”
विष्टले अन्य देशबाट आएका बाल सैनिकहरुसँग पनि भेट भएको र यस्ता केशमा के गर्न सकिन्छ भनेर हेगका वकिलहरुले पनि सल्लाह गरिरहेको बताए । स्वदेशमै केही गर्न सकिन्थ्यो कि किन विदेशमा यी कुरा उठाइरहेको भन्ने प्रश्नमा उनले भने,“स्वदेशमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाउँदा समेत मानिस पक्राउ पर्ने अवस्था छ । एक खालको कम्युनिष्ट अधिनायकवाद शुरु भइसकेको जस्तो देखिएको छ । हाम्रो समस्याको समाधान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाहेको भए तुरुन्तै समाधान हुन्थ्यो तर उनले नचाहेर नै विगत १० वर्षदेखि अल्झिएको हो । त्यसैले स्वदेशमा केही होला भन्ने आशा मरेको मरिसकेको छ ।”
उनले थपे ,“संयुक्त राष्ट्र संघको मानवअधिकार समितिमा समेत सदस्य रहेको राष्ट्र नेपालभित्र मानवअधिकार उल्लंघनका घटना जतिपनि भइरहने अनि त्यस्तो काम गर्ने सरकारले रोम विधान अनुमोदन गरेको छैन भनेर सहेर बसिरहनुपर्ने ? मैले अन्तर्राष्ट्रिय समुदायसँग यही कुरा उठाइरहेको छु । मिलेसम्म तत्कालीन जनसेनाका प्रमुख भएको हिसाबले प्रचण्डविरुद्ध उजुरी दर्ता गर्ने मेरो लक्ष्य छ ।”
उनले आफू मे १२ देखि १६ सम्म जर्मनीको पनि भ्रमणमा जाने र त्यहाँपनि अधिकारकर्मी र सांसदहरुलाई भेट्ने कार्यक्रम रहेको जनाए ।
कसले लग्यो युरोप ?
नेपालमा विभिन्न अधिकारवादीले उकासेर उनलाई युरोप पठाएको भन्ने आरोप लाग्दै आएपनि उनले भने आफूलाई नेपालबाट कसैले पनि नपठाएको आफैंले पहल गरेर नेदरल्याण्ड्स सरकारले निम्तो गरेको बताए । “मलाई नेपालबाट कसैले पठाएको होइन । नेदरल्याण्डस् सरकारले नै मलाई यहाँ आउन सहयोग गरेको हो,” उनको भनाइ थियो ।
मार्च २५ तारेखमा नेपालबाट त्यसतर्फ गएका उनले आफू अझै दुई महिना उतै बस्ने समेत जनाएका छन् ।
फिर्ता हुनु छैन भनेर धम्की
युरोपमा रहेका उनलाई सामाजिक सञ्जालमा मेसेज पठाएर र फोन गरेर तत्कालीन माओवादी तथा अहिले सत्तारुढ नेकपाका नेता तथा कार्यकर्ताले धम्की दिइरहेको समेत उनले बताए । “नेपाल फर्केलास् भनेर उनीहरुले धम्क्याइरहेका छन् । उनीहरुको मात्रै देश हो जस्तो गरिरहेका छन्,” उनले भने ।
उनले रोम विधान अनुमोदन नगरेपनि संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मार्फत आफ्ना विषय हेगस्थित अदालतमा लग्न सकिन्छ कि भनेरपनि छलफल भइरहेको उनको भनाई थियो ।
लेनिनलाई गएको भदौ ८ गते थाइल्याण्ड जान लाग्दा विमानस्थलबाट फिर्ता गरिएपछि सो घटना ठूलो विवादमा आएको थियो । उनले सो विषयलाई लिएर भदौ १५ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेकोमा त्यसको अन्तिम फैसला अझै हुन बाँकी रहेको जनाएका छन् ।
उनले भने,“अदालतले सारेको सार्यै गर्छ । सरकारको विरुद्धमा जान नचाहेको जस्तो देखिएको छ । त्यसैले अर्को तारेख वैशाख २९मा भएपनि अब त्यहाँ वारेस पठाउनेकि नपठाउने भनेर अन्योलमा छु । नेपालमा कोहीबाट पनि न्याय पाइँदैन भन्ने अवस्था सिर्जना गर्न खोजिएको छ । त्यो नेपाल सरकारकै लागिपनि लाजमर्दो विषय हो । ” बाह्रखरीबाट साभार गरिएको ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












