राष्ट्रपति विद्यादेवी भण्डारी भोली बाग्लुङ जाने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सोमवार बाग्लुङ नगरपालीका वार्ड नं १२ (अमलाचौर) मा आयोजित एक कार्यक्रममा सहगाभी हुने भएकी छन् ।
भण्डारी स्वर्गीय समाजसेवी हिरण्यप्रसाद ढकालको स्मृतिमा उनका छोराहरु चन्द्रप्रसाद ढकाल र हेमराज ढकालद्धारा निर्मित विद्यालय भवन हस्तान्तरण र पूर्वविद्यार्थीहरुको सकृयतामा स्थापना गरिएको मल्टिमिडिया सेन्टरको उद्धघाटन गर्ने कार्यक्रमतय भएको पृथ्वी हिरण्य माध्यमिक विद्यालयले जनाएको छ ।
करिब साढे ६ करोड रुपैयाँ लागतमा निमार्ण भएको सो अत्याधुनिक विद्यालय भवनको उद्यमी ढकाल दाजुभाईले निमार्ण गरिदिएका हुन् ।
कार्यक्रमलाई राष्ट्रिय सभामा सत्तारुढ दलका नेता दिनानाथ शर्मा, सांसदद्धय डा .सूर्य पाठक, देवेन्द्र पौडेल लगायतले सम्वोधन गर्ने कार्यक्रमतय गरिएको छ । सांसद डा. सूर्य पाठकका अनुसार भण्डारीले सोही दिन अमलाचौरस्थित भैरव मन्दिर (भैरीमथान) को दर्शन समेत गर्ने छन् ।
अमलाचौर स्कुल अलुमनाईका अध्यक्ष डा। हेमराज शर्माका अनुसार पूर्वविद्यार्थी तथा गैरआवासीय नेपालीहरुबाट संकलित ५० लाख रुपैयाँको अक्षयकोषको चेक राष्ट्रिपति भण्डारीको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गरिने छ ।
पूर्वविद्यार्थीहरुले सो विद्यालय हाताभित्र अत्याधुनिक कप्पुटर ल्याव, विज्ञान प्रयोगसाला स्थापना गरेका छन् । यसअघि सो विद्यालय भवनको सिलन्यास गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षद्धय शेष घले र जीवा लामिछानेको विशेष उपस्थितीमा गरिएको थियो ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












