माटोका नमूना परीक्षण
कञ्चनपुरको भीमदत्त नगरपालिकामा माटोको ६०० नमूना परीक्षण गरिएको छ । माटोका नमूना परीक्षण अभियानअन्तर्गत भीमदत्त नगरपालिकाद्वारा सञ्चालित ‘घुम्ती माटो परीक्षण शिविर’ कार्यक्रममा १६ वटै वडाका विभिन्न स्थानका माटोको ६०० नमूना परीक्षण गरिएको हो ।
माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपुरको सहयोगमा भीमदत्त नगरपालिका तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइअन्तर्गत धान जोन इकाइद्वारा सञ्चालित शिविरमा सङ्कलन गरिएको माटोका नमूना परीक्षण गर्दा अधिकांशमा प्राङ्गारिक पदार्थको कमी, अम्लीयपन र क्षारियपनलगायत अधिक देखिएको छ ।
कुनै नमूनामा फोस्फोरसको मात्रा अधिक र कुनैमा पोटास र नाइट्रोजनको मात्रामा कमी देखिएको त्यसमा संलग्न प्राविधिकहरुले बताए ।
कस्तो माटोमा कुन खेती उपयुक्त हुन्छ । माटोको खाद्य शक्ति बढाउन के गर्नुपर्छ । उत्पादन कसरी बढाउन सकिन्छ लगायतका कुरामा किसानलाई सचेतना दिन नगरपालिकाले माटो परीक्षणको कार्य अगाडि बढाएको नगरप्रमुख सुरेन्द्र विष्टले बताए ।
“शिविरबाट किसानलाई माटो परीक्षणसम्बन्धी सचेतना बढ्ने र माटोको खाद्य शक्ति सुधार भई बढी उत्पादन भएर त्यसबाट राम्रो लाभ लिन सक्ने विश्वास लिएका छौ”, उहाँले भने । माटो तथा मल परीक्षण केन्द्रका वरिष्ठ माटो विज्ञ रामदरार यादवले माटो परीक्षणप्रति किसान सचेत हुन नसकिएको अवस्थामा यो कार्यक्रमले सचेतना अभिवृद्धिमा टेवा पुर्याउने बताए ।
“अधिकांश ठाउँको माटोमा प्राङ्गारिक पदार्थ कम देखिएको छ”, उनले भने, “हरियो मल, कुखुराको सुली, झारपात लगायतका प्राङ्गारिक पदार्थ प्रयोग गरी यसमा सुधार गर्न सकिन्छ ।”
वडा नं ६ बाट सङ्कलन गरिएको माटोको नमूना परीक्षण गर्दा फोस्फोरसको मात्रा बढी देखिएको छ भने वडा नं ३ मा यो कम देखिएको छ । डिएपी मलको अत्यधिक प्रयोगले फोस्फोरसको मात्रा बढी देखिएको हो । त्यस्तै पोटास र नाइट्रोजनको मात्रा पनि कम पाइएको माटो विज्ञ यावदले बताए ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...












