गृहमन्त्री बादलको खुलासाः प्रतिबन्धित नेकपाले ४ कम्पनी जनसेना र जनसरकार बनाए
काठमाडाैँ । गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपकाले जन सरकार र जनसेना बनाएको खुलासा गरेका छन्।
काठमाडौंमा आइतवार भएका बम विस्फोटका घटनाबारेमा प्रतिनिधिसभामा जानकारी दिने क्रममा उनले यस्तो खुलासा गरेका हुन्। जरुरी सार्वजनिक महत्वको विषयमा बोल्दै मन्त्री थापाले विप्लव भन्ने समूहले संविधान र शान्ति विरोधी गतिविधि गर्दै आएका बताए।
‘विप्लवले जन सरकार गठन गरिसकेका छन्। जनसेनाका ४ कम्पनी खडा गरेका छन्’, गृहमन्त्री थापाले भने। गृहमन्त्री थापाले देशव्यापी भ्रष्टाचारको विरोधमा भन्दै एनसेल टावर र विभिन्न ठाउँमा विप्लवले ध्वंश मच्चाएको उनले बताए। ‘उनीहरूको मूल निशाना उपत्यका बनेको छ।
हिजो पनि उपत्यकामा ठाउँठाउँमा विस्फोट भए’, उनले भने, ‘हिजो मात्रै ४ जनाको मृत्यु भयो, दर्जनौँ घाइते भएका छन्। काठमाडौंमा आइतवार भएका घटनामा ज्यान गुमाएकाहरुको नागरिकता नभएकाले उनीहरु विप्लव समूहका नै भएको दाबी थापाले गरे। घाइतेहरु पनि विप्लव समूहकै रहेका उनले बताए।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












