मोदीको नयाँ मन्त्रीमण्डल, एस जयशंकर बने विदेशमन्त्री (सूचीसहित)
काठमाडाैँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका पूर्व विदेश सचिव एस जयशंकरलाई विदेशमन्त्री बनाएका छन्।
मोदीको दोस्रो कार्यकालको सबैभन्दा ठूलो सरप्राइजको रूपमा जयशंकरले विदेशमन्त्रीको जिम्मेवारी पाएका हुन्। उनको पृष्ठभूमि राजनीतिक नभइ करिअर डिप्लोम्याट हो। मोदीको पहिलो कार्यकालमा उनी विदेश सचिव थिए। २०७२ असोजमा नेपालमाथि नाकाबन्दी लगाउँदाका उनी एक योजनाकार मानिन्छन्।
अमित शाहलाइ गृहमन्त्री बनाइएको छ। उनी मन्त्री भएसँगै पार्टी अध्यक्षको जिम्मेवारीबाट पदमुक्त भएका छन्।
मोदी गुजरातको मुख्यमन्त्री हुँदा शाह गृहमन्त्री थिए। उनी सन् २००३ देखि सन् २०१० सम्म गुजरातको गृहमन्त्री रहेका थिए। मोदीको दोस्रो कार्यकाल विजयका लागि उनको योजना तथा रणनीति विशेष रहेको थियो।
अर्थ मन्त्रालयका जिम्मेवारी निर्मला सितारमणले पाएकी छिन्। राजनाथ सिंहलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ। मोदी सरकारको पहिलो कार्यकालमा गृहमन्त्री रहेका सिंहलाई रक्षा मन्त्रालयमा जिम्मेवारी दिएको हो। यसअघि रक्षामन्त्रीमा सितारमणको नाम चर्चामा थियो।
कसलाई कुन मन्त्रालय ?
निर्मला सीतारमण : वित्त मन्त्री
हर्षवर्धन :स्वास्थ्य मन्त्री विज्ञान एवम् प्रविधि मन्त्री,पृथ्वी विज्ञान मन्त्री
नितिन गडकरी : सडक परिवहन मन्त्री
स्मृति ईरानी : महिला एवम् बाल विकास मन्त्री
एस जयशंकर : विदेश मन्त्रालय
पियुष गोयल : रेल मन्त्रालय एव वाणिज्य मन्त्रालय
धर्मेन्द्र प्रधान : पेट्रोलियम मन्त्रालय, इस्पात मन्त्री
राजनाथ सिंह : रक्षा मन्त्री
रविशंकर प्रसाद : कानुन मन्त्री
नरेन्द्र सिंह तोमर : कृषि मन्त्री
डी सदानन्द गौडा : रसायन एवम् उर्वरक मन्त्रालय
मुख्तार अब्बास नकवी : अल्पसंख्यक मामिला मन्त्री
महेन्द्र नाथ पान्डेय : कौशल विकास मन्त्रालय
रामविलास पासवान : खाद्य एवम् आपूर्ति मन्त्री
हरसिमरत कौर बादल : खाद्य प्रसंस्करण उद्योग मन्त्री
थावर चन्द गहलोत : सामाजिक न्याय र अधिकारिता मन्त्री
अर्जुन मुन्डा : जनजातीय मामिला मन्त्री
प्रकाश जावडेकर : सूचना एव प्रसारण मन्त्री, पर्यावरण मन्त्री
प्रलहाद जोशी : संसदीय मामिला मन्त्री, कोइला मन्त्री एवम् उत्खनन मन्त्री
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












