मोदीको नयाँ मन्त्रीमण्डल, एस जयशंकर बने विदेशमन्त्री (सूचीसहित)
काठमाडाैँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका पूर्व विदेश सचिव एस जयशंकरलाई विदेशमन्त्री बनाएका छन्।
मोदीको दोस्रो कार्यकालको सबैभन्दा ठूलो सरप्राइजको रूपमा जयशंकरले विदेशमन्त्रीको जिम्मेवारी पाएका हुन्। उनको पृष्ठभूमि राजनीतिक नभइ करिअर डिप्लोम्याट हो। मोदीको पहिलो कार्यकालमा उनी विदेश सचिव थिए। २०७२ असोजमा नेपालमाथि नाकाबन्दी लगाउँदाका उनी एक योजनाकार मानिन्छन्।
अमित शाहलाइ गृहमन्त्री बनाइएको छ। उनी मन्त्री भएसँगै पार्टी अध्यक्षको जिम्मेवारीबाट पदमुक्त भएका छन्।
मोदी गुजरातको मुख्यमन्त्री हुँदा शाह गृहमन्त्री थिए। उनी सन् २००३ देखि सन् २०१० सम्म गुजरातको गृहमन्त्री रहेका थिए। मोदीको दोस्रो कार्यकाल विजयका लागि उनको योजना तथा रणनीति विशेष रहेको थियो।
अर्थ मन्त्रालयका जिम्मेवारी निर्मला सितारमणले पाएकी छिन्। राजनाथ सिंहलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ। मोदी सरकारको पहिलो कार्यकालमा गृहमन्त्री रहेका सिंहलाई रक्षा मन्त्रालयमा जिम्मेवारी दिएको हो। यसअघि रक्षामन्त्रीमा सितारमणको नाम चर्चामा थियो।
कसलाई कुन मन्त्रालय ?
निर्मला सीतारमण : वित्त मन्त्री
हर्षवर्धन :स्वास्थ्य मन्त्री विज्ञान एवम् प्रविधि मन्त्री,पृथ्वी विज्ञान मन्त्री
नितिन गडकरी : सडक परिवहन मन्त्री
स्मृति ईरानी : महिला एवम् बाल विकास मन्त्री
एस जयशंकर : विदेश मन्त्रालय
पियुष गोयल : रेल मन्त्रालय एव वाणिज्य मन्त्रालय
धर्मेन्द्र प्रधान : पेट्रोलियम मन्त्रालय, इस्पात मन्त्री
राजनाथ सिंह : रक्षा मन्त्री
रविशंकर प्रसाद : कानुन मन्त्री
नरेन्द्र सिंह तोमर : कृषि मन्त्री
डी सदानन्द गौडा : रसायन एवम् उर्वरक मन्त्रालय
मुख्तार अब्बास नकवी : अल्पसंख्यक मामिला मन्त्री
महेन्द्र नाथ पान्डेय : कौशल विकास मन्त्रालय
रामविलास पासवान : खाद्य एवम् आपूर्ति मन्त्री
हरसिमरत कौर बादल : खाद्य प्रसंस्करण उद्योग मन्त्री
थावर चन्द गहलोत : सामाजिक न्याय र अधिकारिता मन्त्री
अर्जुन मुन्डा : जनजातीय मामिला मन्त्री
प्रकाश जावडेकर : सूचना एव प्रसारण मन्त्री, पर्यावरण मन्त्री
प्रलहाद जोशी : संसदीय मामिला मन्त्री, कोइला मन्त्री एवम् उत्खनन मन्त्री
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












