रंगशालाको विवाद मिल्यो, स्थानीयबासी आफै जुटे भत्काइको बार बनाउन
चितवन । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेको धर्मुस सुन्तली फाउण्डेशन र स्थानीयबीच सहमति भएको छ । सहमति लगतै भरतपुर महानगरको पहलमा स्थानीयबासीले भत्काएको बार उठाउन थालेका छन् ।
फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले पनि सहमतिमा कार्यान्वयनसँगै काम सुरु गर्ने बताए ।
जेठ १५ गते विहानै रंगशाला निर्माण स्थलमा लगाएको बार स्थानीयबासीले डोजर लगाएर भत्काएका थिए । घटनामा संलग्न रहेको आरोपमा १७ जना पक्राउ परेका छन् भने फाउन्डेसनले सुरक्षा नभएको भन्दै काम रोकेको थियो ।
रंगशालाको पश्चिम क्षेत्रमा बाटोलाई लिएर विवाद भएको थियो । हाल त्यहाँ ७ मिटरको बाटो छ । रंगशाला निर्माण भएपछि ३१ मिटरको बाटो बन्दा आफ्नो उठिबास हुने भन्दै स्थानीयबासीले अहिले नै जग्गा छुट्याउन माग गरेका थिए । तर, फाउन्डेसनले यसबारे आफूले निर्णय गर्न नसक्ने भन्दै डीपीआर आएपछि छलफल गर्ने आश्वासन दिए । त्यही विवादमा स्थानीयबासीको समूहले जोडर लगाएका थिए ।
त्यसपछि फाउण्डसेन र स्थानीयबीच आरोप प्रत्यरोप सुुरु भयो ।
तर, शुक्रबार राति अवेर भरतपुर १६ र १७ का टोलसुधार समितिका प्रतिनिधि र धर्मुस सुन्तली फाउण्डेशनबीच सहमति भएको छ ।
फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलकै उपस्थितिमा भएको भएको बैठकमा स्थानीय अगुवाहरुले घटनाप्रति दुःख व्यक्त गर्दै आत्मालोचना गरेका छन् । साथै भत्काएको बार स्थानीय टोल सुधार समिति र स्थानीयको पहलमा पुर्ननिर्माण गरी काम अगाडि बढाउने बताएका छन् ।
रंगशाला निर्माणमा अवरोध नगर्ने भन्दै उनीहरुले तत्काल काम अघि बढाउन आग्रह गरेका छन् ।
निर्णयमा शान्तिदीप टोल विकास संस्थाका मिनबहादुर लामा, पालुवा टोल विकास संस्थाका मिनबहादुर बस्नेत, रामपुर टोलविकास संस्थाकी रिता बास्ताकोटी, प्रकृति टोलविकास संस्थाका रामचन्द्र बास्ताकोटी र राधाकृष्ण टोल विकास संस्थाका शुशील लामाले हस्ताक्षर गरेका छन् ।
फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले पनि आफ्नो उपस्थितिमा स्थानीयबासीको निर्णय भएको स्वीकार गरे । ‘सहमतिपछि स्थानीयले नै ढलेको बार उठाउन थालेका छन् । सहमति व्यवहारमा कार्यान्वयन भएपछि हामीले काम सुरु गर्छौ भनेका छौं’ उनले अनलाइनखबरसँग भने ।
रंगशालामा देखिएको विवादका कारण सहयोगी मनहरुमा चोट परेको भन्दै उनले सबैसँग माफी मागेका छन् ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












