भीमसेन दासको चेतावनीः काठमाडौंको जनता जुरुक्क उठ्यो भने के हुन्छ हेक्का राख्नुस्
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री भीमसेनदास प्रधानले काठमाडौँका जनता उठेपछि कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका छन्।
बिहीबारको संसद बैठकमा बोल्दै प्रधानले काठमाडौंका जनता सडकमा उत्रिए सरकारले थेग्न नसक्ने चेतावनी समेत दिए। ‘सरकारले हेक्का राखोस्, काठमाडौंका जनता उठेपछि कुनै शक्तिले रोक्न सक्दैन्। यसबारे हाम्रा प्रधानमन्त्री ओलीजी पनि जानकार हुनुहुन्छ’, उनले भने।
गुठी विधेयक तत्काल फिर्ता भएर संशोधन नगरिए काठमाडौंमा आन्दोलन चर्किने र यसले सरकार मात्रै होइन वर्तमान व्यवस्थालाई कहाँ पुर्याउँछ भनेर भन्न नसकिने उनको चेतावनी छ। ‘अहिले केपी ओली सरकार ढल्ने चिन्ता होइन। काठमाडौंको जनता जुरुक्क उठ्यो भने सबै पार्टी मिलेर ल्याएको संविधानप्रति नै जनताले अनास्था गर्ला भन्ने चिन्ता हो।’
राजतन्त्र फाल्ने एजेण्डा आफूहरुको नभएको तर काठमाडौंको जनता जुरुक्क उठ्दा एक क्षणमै फालिएको स्मरण गर्दै प्रधानले भने, ‘पृथ्वीनारायण शाहले पनि यहाँको संस्कृति र सम्पदामाथि सम्मान गरेकाले उनी यहाँ शासन कायम गराउन सफल भए। तर, वर्तमान सरकारले विश्व सम्पदा सूची, राष्ट्रसंघमा सूचीकृति संस्कृति र सम्पदा मास्नेगरी विधेयक ल्याएको छ। काठमाडौंमा आन्दोलनको हुरी चल्दैछ, बादल गर्जिदैछ। आन्दोलनले संविधान विफल नहोस्। यो विधेयक तुरुन्तै फिर्ता होस्। सरोकारवाला, संस्कृतिविद, पुरातत्वविदसँग छलफल गरेर संशोधन गरियोस। भएन भने आन्दोलन चर्किन्छ, कहाँ पुर्याउँछ भन्न सकिन्न्।’
प्रधानले राणा शासन, पञ्चायत र २०६२/०६३ काे जनआन्दाेलनमा पनि काठमाडाैंकै जनताले निर्णायक भूमिका खेलेकाे पनि स्मरण गराए।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












