सार्वजनिक यातायातको भाडा १२ प्रतिशत बढ्यो
काठमाडाैँ । सरकारले सबै खाले सार्वजनिक सवारी साधनमा लागू हुने गरी भाडा वृद्धि गरेको छ।
यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दहालले भाडा बढाइएको बताए।
सबै खाले सवारी साधनमा लागू हुने गरी १२ प्रतिशत बढाइएको उनले पुष्टि गरे।
विभागले मेकानिकल पार्टस्को मूल्य, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धिलगायतका आधारका भाडादर कायम गरिएको बताएको छ।
भाडादर समायोजन गर्ने विषयमा विभागले बुधबार महानगरपालिकासँग छलफल गरेको थियो।
बिहिबार यायायात व्यवसायी, उपभोक्ता कर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गरिएको विभागको भनाइ छ।
यायायात व्यवसायीले भाडादर समायोजन गर्नुपर्ने माग राख्दै आएका थिए।
यस अघि व्यवसायीले भाडा वृद्धि माग गर्दै गर्दा दशैंअघि सरकारले सार्वजनिक सवारीको भाडा १० प्रतिशत बढाएको थियो।
उक्त भाडामा थप १२ प्रतिशत वृद्धि गर्ने निर्णय सरकारले गरेको हो। योसँगै अब सार्वजनिक सवारी साधन चढ्ने यात्रुले ४ किलोमिटर सम्मको १६ रुपैयाँ भाडा तिर्नु पर्ने भएको छ। यसअघि १४ रुपैयाँ थियो।
२०६९ पछि विभागले पहिलो पटक वैज्ञानिक भाडादर भनेको छ।
बढेको भाडादर असार १ बाट लागू हुनेछ।
ट्याक्सी भाडा पनि बढ्यो
सरकारले ट्याक्सी भाडा पनि बढाएको छ।
यातायात व्यवस्था विभागले आसर १ गतेदेखि लागू हुने गरी ट्याक्सी भाडा वृद्धि गरेको हो।
ट्याक्सी भाडा फ्ल्याक डाउन प्रणाली लागू गर्ने भएको छ। यो प्रणाली भनेको चढ्ने बित्तिकै न्यूनतम भाडा उठ्ने प्रणाली हो।
यो नियम लागै भएसँग अब ट्याक्सीमा यात्र गर्ने उपभोक्ताले पहिलो एक किलो मिटरसम्म ५० रुपैयाँ तिुनु पर्नेछ।
यसको अर्थ पहिलो ट्याक्सी चढने बित्तिकै ट्याक्सी चालकले मिटर अन गर्दा ५० रुपैयाँ देखाउने छ।
यो ५० रुपैयाँ एक किलो मिटरसम्म यात्रा गर्न पाउने छन्।
तर, त्यसपछि प्रति २ सय मिटरमा ८ रुपैयाँ ८० पैसा थप हुँदै जाने छ।
यस अघि ट्याक्सी चढन साथ १४ रुपैयाँ र त्यसपछि प्रति २ सय मिटरमा ७ रुपैयाँ ८० पैसा थप हुन्थ्यो।
यसको अर्थ प्रति दुई सय मिटर एक रुपैयाँ ८० पैसा बढेको हो।
यसको अर्थ अब पहिलो एक किलोमिटर बाहेक प्रतिकिलोमिटर ट्याक्सी यात्रामा ४४ रुपैयाँ थप तिर्नु पर्ने हुन्छ।
यस अघि प्रतिकिलोमिटर ३९ रुपैयाँ थियो।
Comments
अरु समाचार
-
अख्तियारका पदाधिकारीलाई पाँचघण्टा सोधपुछ गरेको विषय बालेनले नैं गरे पुष्टि
काठमाडौं ।अख्तियारका पदाधिकारीलाई पाँच घण्टा सोधपुछ गरेको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीकार गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार रास्वपाको...
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...
-
जावलाखेल चिडियाखानाका प्रमुखमाथि छानबिन थालियो, बर्ड फ्लु सङ्क्रमणको सूचना लुकाएको आरोप
काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखानामा बर्ड फ्लु (एच५एन१) सङ्क्रमण पुष्टि भएको जानकारी राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै नदिई...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...
-
केही दिनसम्म सम्पर्कविहिन पूर्व कार्यवाहक महालेखापरीक्षक अन्ततः मृत भेटिए
काठमाडौं । परिवारबाट केही दिनदेखि सम्पर्कविहिन भएका पूर्व कार्यवाहक महालेखा परीक्षक वामदेव शर्मा अधिकारी अन्ततः मृत फेला परे । उनको...











