एकता प्रक्रियामा गरेका प्रतिवद्धताबाट दायाँबायाँ गर्ने छुट कसैलाई छैनः अध्यक्ष प्रचण्ड
पाेखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता प्रक्रिया र त्यस बेला गरेका प्रतिवद्धतामा दायाँबायाँ गर्ने छुट कसैलाई पनि नभएको बताएका छन् ।
आज (बिहीबार) पोखरामा पत्रकारहरुसँग कुरा गर्दै नेकपा अध्यक्ष प्रचण्डले भने, बजेटपछि सरकार केही न केही पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट छलफल भएको छ ।’
आफू काठमाडौं फर्किएपछि फेरि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्माओलीसँग छलफल गर्ने उनले बताए । त्यसपछि मात्र केही भन्न सकिने भन्दै उनले भने, ‘ठोस निर्णयमा पुगिसकेको छैनौं ।’
प्रचण्डले पार्टी एकताका बाँकी कामलाई पूर्णता दिन आफू र अर्का अध्यक्ष ओलीबीच कुराकानी भइरहेको र शनिबार सचिवालय बैठक राखिएको बताए । पार्टी र सरकार सञ्चालनबारे भएका सहमतिका सन्दर्भमा आफूले बोलेका विषयलाई गलत ढंगले प्रचार भइरहेको भन्दै उनले भने, ‘मेलै भनेर सुरु भयो जसरी प्रचार भएको छ, यो सत्य होइन । मैले बोल्नुभन्दा पहिले सार्वजनिक भएका थिए ।’यसबाट पनि कसैले खेल्न खोजेको छ भन्ने प्रष्ट भएको उनले बताए । ‘एकता प्रक्रिया र त्यसबेला गरेका प्रतिवद्धतामा दयाँबायाँ गर्ने छुट कसैलाई पनि छैन’ उनले भने, ‘जनताले अनुमोदन गरिसकेपछि एकता प्रक्रिया र संकल्प बाहिर जान मिल्दैन ।’
अध्यक्ष प्रचण्डले पोखरा आउँदा माइत आएजस्तै लाग्ने पनि बताए। ‘कास्की पोखरामा आउँदा कताकता माइत आएको जस्तो फिल हुन्छ’, उनले भने, ‘आफ्नो पन, सबै बचपनका यादहरू ताजा भएर आउँछन्।’ उनले नेपालकै सबैभन्दा सुन्दर पर्यटकीय नगरी पोखरा भएको कारणले पनि पोखराको आफ्नै चमक रहेको र त्यसको छुट्टै महत्व रहेको बताए।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












