एकता प्रक्रियामा गरेका प्रतिवद्धताबाट दायाँबायाँ गर्ने छुट कसैलाई छैनः अध्यक्ष प्रचण्ड
पाेखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता प्रक्रिया र त्यस बेला गरेका प्रतिवद्धतामा दायाँबायाँ गर्ने छुट कसैलाई पनि नभएको बताएका छन् ।
आज (बिहीबार) पोखरामा पत्रकारहरुसँग कुरा गर्दै नेकपा अध्यक्ष प्रचण्डले भने, बजेटपछि सरकार केही न केही पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट छलफल भएको छ ।’
आफू काठमाडौं फर्किएपछि फेरि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्माओलीसँग छलफल गर्ने उनले बताए । त्यसपछि मात्र केही भन्न सकिने भन्दै उनले भने, ‘ठोस निर्णयमा पुगिसकेको छैनौं ।’
प्रचण्डले पार्टी एकताका बाँकी कामलाई पूर्णता दिन आफू र अर्का अध्यक्ष ओलीबीच कुराकानी भइरहेको र शनिबार सचिवालय बैठक राखिएको बताए । पार्टी र सरकार सञ्चालनबारे भएका सहमतिका सन्दर्भमा आफूले बोलेका विषयलाई गलत ढंगले प्रचार भइरहेको भन्दै उनले भने, ‘मेलै भनेर सुरु भयो जसरी प्रचार भएको छ, यो सत्य होइन । मैले बोल्नुभन्दा पहिले सार्वजनिक भएका थिए ।’यसबाट पनि कसैले खेल्न खोजेको छ भन्ने प्रष्ट भएको उनले बताए । ‘एकता प्रक्रिया र त्यसबेला गरेका प्रतिवद्धतामा दयाँबायाँ गर्ने छुट कसैलाई पनि छैन’ उनले भने, ‘जनताले अनुमोदन गरिसकेपछि एकता प्रक्रिया र संकल्प बाहिर जान मिल्दैन ।’
अध्यक्ष प्रचण्डले पोखरा आउँदा माइत आएजस्तै लाग्ने पनि बताए। ‘कास्की पोखरामा आउँदा कताकता माइत आएको जस्तो फिल हुन्छ’, उनले भने, ‘आफ्नो पन, सबै बचपनका यादहरू ताजा भएर आउँछन्।’ उनले नेपालकै सबैभन्दा सुन्दर पर्यटकीय नगरी पोखरा भएको कारणले पनि पोखराको आफ्नै चमक रहेको र त्यसको छुट्टै महत्व रहेको बताए।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












