भारत झस्किने गरी नेपालले तरकारी र फलफूल बोकेका ४० भारतीय ट्रक नाकामै रोक्यो
बाँके । नेपाल–भारत सीमा नाकामा ४० भन्दा बढी ट्रकलाई दुई दिनदेखि नेपाल प्रवेशमा रोक लगाइएको छ । नेपालतर्फको नाका जमुनाहामा मात्रै १७ ट्रक रोकिएका छन् भने भारतीय सीमा नाका रुपैडिहामा २५ भन्दा बढी ट्रक रोकिएको नेपालगञ्जका व्यवसायीले बताएका छन् ।
भारतबाट तरकारी र फलफूल बोकेर नेपाल भित्रिँदै गरेका ट्रक सीमामै रोकिएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले जानकारी दिए । उनले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको परिपत्रअनुसार भारतबाट नेपाल प्रवेश गर्दै गरेका मालवाहक ट्रक रोकिएको बताएका हुन् । उनले भने, “विषादी परीक्षण नगरेका ट्रकहरुलाई नेपाल प्रवेशमा रोक लगाउनू भन्ने परिपत्र आएको छ । परिपत्र आएलगत्तै हामीले ती ट्रकको जाँच पास दिएका छैनौँ ।”
उनले विषादी परीक्षणका लागि तरकारी तथा फलफूलको नमूना सङ्कलन गरेर नेपालगञ्जस्थित विषादी अन्वेषण द्रुत विश्लेषण एकाइ कार्यालय बाँकेमा पठाइएको जानकारी दिए । प्रमुख निरौलाले भने, “,विषादी परीक्षणपछि मात्रै नेपाल पठाईने दिन्छौँ । विषादीयुक्त पाइएमा ट्रक फिर्ता पठाइदिन्छौँ ।” विगतमा तरकारी र फलफूल बोकेका गाडी विनारोकटोक नेपाल भित्रन्थे । उनले भने, “विगतमा परीक्षण नभएर भित्रिन्थ्यो, अब परीक्षण गराएर मात्रै जाँच पास दिन्छौँ ।”
विषादीयुक्त तरकारी खान बाध्य उपभोक्ताहरुका लागि विभागले गरेको निर्णय स्वागतयोग्य रहेको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं विकासका लागि नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए । उनले आम नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले गरेको निर्णयले सधैँ निरन्तरता पाउने विश्वास व्यक्त गरे । “आज निर्णय गर्ने भोलि कार्यान्वयन नहुने अवस्था नहोस् । यस्ता निर्णयले आम नागरिकलाई आत्मनिर्भरताको बाटोतर्फ प्रेरित गर्छन्”, उनले भने “स्वदेशमै उत्पादन बढाउनुपर्छ भन्ने सन्देश दिन्छ ।”
दुई दिन मात्रै तरकारी र फलफूल बोकेका ट्रक नेपाल नभित्रिएपछि नेपालगञ्जमा तरकारीको भाउ बढ्न थालेको छ । मागअनुसार आपूर्ति हुन नसक्दा भाउ बढ्न थालेको हो । दैनिक ८० टनभन्दा बढी तरकारी बिक्री हुने नेपालगञ्जको रानीतलाउमा धेरैजसो तरकारी भारतबाटै आयात हुन्छ ।
आयात रोकिएपछि व्यवसायीहरुले भाउ बढाउन थालेका छन् । नेपालमा प्रतिबन्धित क्लोरडाइन, डिडिटी, डाइलड्रिन, एलड्रिन, हेप्टाक्लोर, टोक्साफेन, माइरेक्स, मोनोक्रोटोफस, लिण्डेन, बिएचसी, फोस्फामाइडन, ओरगानो मर्करी फंगिसाइड, मिथाइल प्याराथिन, इण्डोसल्फेन जस्ता विषादी अवैध रुपमा बिक्री वितरण हुने गरेका र तरकारी खेतीमा प्रयोग हुने अधिकांश विषादी भारत र अन्य मुलुकबाट आयात हुने गर्छन् ।
रोग, किरा तथा चराचुरुङ्गीबाट तरकारी बालीलाई जोगाउन विषादी प्रयोग गर्नुपर्ने भए पनि कतिपय तरकारी उत्पादकले थोरै समयमा धेरै नाफा कमाउन र उत्पादन वृद्धिका लागि हानिकारक विषादीसमेत प्रयोग गर्ने गरेका छन् ।
विषादी हालेको कम्तीमा तीन सातापछि तरकारी, फल वा खाद्यान्न उपभोग गर्दा विषादीका कारण मानव स्वास्थ्यमा हुन सक्ने जोखिम कम गर्न सकिन्छ । विषादी प्रयोग गरेका बालीनाली कति दिनसम्म टिपेर बिक्री वितरण र उपभोग गर्ने भन्नेबारे किसानले ध्यान नदिँदा त्यस्ता तरकारी र खाद्यान्न प्रयोगले मानव स्वास्थ्यमा असर गरिरहेको छ ।
विषादीयुक्त तरकारी र खाद्यान्न प्रयोगले श्वासप्रश्वास, छाला, नसाका साथै स्मरणशक्ति, प्रजनन क्षमतामा असर पर्ने बताइएको छ ।
लामो समयसम्म विषादीयुक्त तरकारी तथा खाद्यान्न प्रयोगले रगत तथा छालाको क्यान्सर हुने जोखिम उच्च हुने भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेण्ट फिजिसियन डा राजन पाण्डे बताउँछन् ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?
काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...












