विषादी परीक्षण प्रकरण: सचिवलाई विश्वास गर्दा कमजोरी भएको स्वीकारे मन्त्री यादवले
काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले भारतबाट आयात गरिने तरकारीमा विषादी जाँच गर्ने विषयमा सचिवलाई विश्वास गर्दा आफू समस्यामा परेको बताएका छन्।
मन्त्री यादवले सोमबार अपरान्ह पत्रकार सम्मेलन गरी सचिवहरुको भरपर्दा आफू सो निर्णयका कारण आफु समस्यामा परेको बताए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र आफ्नै मन्त्रालयका ३ जना सचिवहरुले गलत सुझाव दिएका कारण आफू सो निर्णयमा डुबेको मन्त्री यादवको दावी छ ।
गुमराहमा राखे। सबै कुरा आफैं गर्नपर्थ्यो। उनीहरुलाई विस्वास गर्नु नै मेरो गल्ती भयो,’ मन्त्री यादवले भने।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, कृषि तथा पशुपन्छी मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विषादी चेकजाँच गरेर मात्र वस्तु भित्र्याउने भनेर लामो समय छलफल गरे पनि पूर्वाधार उपलब्ध नरहेको बारे आफूलाई कसैले जानकारी नगराएको उनको भनाई थियो। ‘यस विषयमा ती निकायले लामै छलफल गरे। तर हामीसँग प्रयोगशाला छैन भनेर कसैले भनेनन्,’ यादवले भने।
सरकारले असार २ गते भएको सूचित आदेशअनुसार भन्सार नाकामा तरकारी र फलफूलमा विषादी जाँच गर्ने निर्णय गरेको भएपनि पर्याप्त पूर्वाधार नरहेको कारण देखाउँदै गत बिहीबारदेखि चेकजाँच नगरी आयात गर्न दिएको छ। सरकारले सुरु गरिसकेको विषादी परीक्षणको काम भारतको दबाबमा रोकिएको भन्ने विषयप्रति पनि मन्त्री यादवले असन्तुष्टि जनाएका छन्।
मन्त्रीले सचिवलाई देखाएर कमजोरी स्वीकार गर्दैगर्दा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय कि सचिव याम कुमारी खतिवडाले भने उक्त विषय मन्त्रालयका अर्का सचिव चन्द्र कुमार घिमिरेले हेरेको भन्दै आयातित वस्तुमा विषादी चेकजाँच गर्ने विषयमा आफूलाई जानकारी नै नभएको बताईन्। तर घिमिरे भने पत्रकार सम्मेलनमा उपस्थित थिएनन्।
यसरी मन्त्री र सचिवले अर्को सचिवलाई वास्तविकताको दोषारोपण गर्ने खोजेपनि नैतिक जिम्मेवारी भने आफूहरु लिन तयार रहेको उनीहरुको भनाई छ।
मन्त्री यादवले विषादी चेकजाँज नगर्ने भनेर सरकारले कुनै निर्णय नगरेको पनि दाबी गरेका छन्। ‘विषादी चेकजाँच नगर्ने भनेर कुनै निर्णय नै भएको छैन। हामीले तत्काल हामीसँग पूर्वाधार नभएर सम्भव भएन मात्रै भनेका हौं,’ मन्त्री यादवले भने।
आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले आफूलाई मन्त्रिपरिषद् निर्णयबाटै विषादी परीक्षण गर्ने र नगर्ने दुवैखालका आदेश आएको र आफूले त्यसको पालना गरेको धारणा राखेका थिए।
‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहिला चेकजाँच गरिनुपर्छ भन्ने प्रस्ताव मन्त्रिपरिषद् लग्यो। फेरी केही दिनमै गर्न हुँदैन भनेर प्रस्ताव लग्यो। परीक्षणको काम कृषि मन्त्रालयसँग जोडिएको हुनाले परीक्षण गर्नुपर्छ भन्दा हामीले गर्यौं। रोक्नुपर्छ भन्दा रोक्यौं,’ कृषि मन्त्री खनालको भनाई थियो।
तर, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री यादवले भने विषादी परीक्षण रोक्न कृषि मन्त्रालयबाटै पत्राचार भएको दाबी गर्छन्। सोही पत्र बमोजिम आफूले मन्त्रिपरिषदमा उक्त विषय लगेको उनले बताए।
‘विषादी चेकजाँचको काम कृषि मन्त्रालय अन्तर्गतका निकायले गर्छन्, हामीले त परीक्षण गर्नुपर्छ भन्ने निर्णय मात्रै गरेका हौं। कृषि नै हामीलाई २ वटा पत्र पठाएर आवश्यक उपकरण नरहेको कारण देखाउँदै तत्काल विषादी चेकजाँच गर्न नसकिने जानकारी गरायो। त्यही कुरा मैले मन्त्रिपरिषद्मा लगेको हुँ,’ यादवले भने।
Comments
अरु समाचार
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...
-
जावलाखेल चिडियाखानाका प्रमुखमाथि छानबिन थालियो, बर्ड फ्लु सङ्क्रमणको सूचना लुकाएको आरोप
काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखानामा बर्ड फ्लु (एच५एन१) सङ्क्रमण पुष्टि भएको जानकारी राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै नदिई...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...
-
केही दिनसम्म सम्पर्कविहिन पूर्व कार्यवाहक महालेखापरीक्षक अन्ततः मृत भेटिए
काठमाडौं । परिवारबाट केही दिनदेखि सम्पर्कविहिन भएका पूर्व कार्यवाहक महालेखा परीक्षक वामदेव शर्मा अधिकारी अन्ततः मृत फेला परे । उनको...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...











