फिफा विश्वकप छनोटः दोस्रो चरणमा नेपाल समूह बी मा
काठमाडाैँ । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको लागि दोस्रो चरणमा नेपाल समूह बी मा परेको छ।
मलेसियाको क्वालालम्पुरमा बुधवार भएको ड्र बाट नेपाल समूह बी मा परेको हो। नेपाल रहेको समूहमा अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेई र कुवेत छन्।
ड्र मा एसियाका ४० राष्ट्रहरुलाई ८ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहमा ५-५ टिम छन्। सन् २०२३ मा चीनमा हुने एएफसी एसियन कप २०२३ को लागि पनि यही ड्र कायम गरिनेछ।
समूह ए मा चीन, सिरिया, फिलिपिन्स, माल्दिभ्स र गुआम छन्।
विश्वकप छनोटको दोस्रो चरणका खेलहरु आगामी सेप्टेम्बरदेखि अर्को वर्षको जुनसम्म सञ्चालन हुनेछ। समूह चरणका खेलहरु २०१९ सेप्टेम्वर ५ देखि २०२० जुन ९ सम्म होम एण्ड अवेको आधारमा सञ्चालन हुनेछ।
दोस्रो चरणको छनोटबाट १२ टिमले विश्वकपको लागि एसियाली क्षेत्रको अन्तिम चरणमा स्थान बनाउने छन्।
दोस्रो चरण छनोटको ८ समूहका विजेता र उत्कृष्ट चार उपविजेताले २०२३ को एसियन कपका पनि स्थान बनाउनेछन्। यस्तै समूह चरणमा प्रतिस्पर्धा गरेका मध्ये उत्कृष्ट १२ बाहेक उत्कृष्ट २४ मा पर्ने टोलीहरुले चीनमा हुने एएसी एसियन कपको लागि छनोट खेल्ने एएफसीले जनाएको छ।
फिफाले गत महिना सार्वजनिक गरेको वरीयताअनुसार एसियाली वरीयतामा शीर्ष ३४ मा परेपछि नेपालले पहिलोपटक सिधै विश्वकपको दोस्रो चरणको छनोटको स्थान पक्का गरेको थियो।
विश्वकप छनोटमा नेपालले ४ खेल घरेलु मैदान र ४ खेल विदेशमा खेल्नेछ। तर नेपालको एक मात्र अन्तर्राष्ट्रिय दशरथ रंगशालमा तयार हुने/ नहुने अन्योल कायम रहँदा नेपालले घरेलु मैदानमा हुने खेल कहाँ खेल्ने टुङ्गो छैन।
Comments
अरु समाचार
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...
-
पीएसजी लगातार दोस्रो पटक च्याम्पियन्स लिग विजेता
काठमाडाैं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले लगातार दोस्रो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्दै युरोपेली फुटबलमा आफ्नो वर्चस्व...
-
रविन्द्र ढाँट ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्...
-
आईसीसी विश्वकप लिग–२ : नेपालकाे शानदार जित, अमेरिकालाई १२२ रनले हरायो
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई...












