कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा विकास निर्माणका आयोजनाहरुलाई द्रुत गतिले अघि बढाउन माग
काठमाडौं । कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नं. १ को विकास निर्माणका आयोजनाहरुलाई तीव्रता दिन माग गर्दै खानेपानी मन्त्री बिना मगरको नेतृत्वमा गएको स्थानीय जनप्रतिनिधिहरु सहितको टोलीले विभिन्न केन्द्रीय मन्त्रीहरुसँग सोमबार छलफल गरेको छ ।
खानेपानी मन्त्री मगरको नेतृत्वमा प्रदेश साँसद तारा लामा, जिल्ला समन्वय समिति कञ्चनपुरका सभापति फैरु तामाङ र पुनर्वास नगरपालिकाका नगर प्रमुख (मेयर) जीवन थापा लगायतको टोलीले सोमबार उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र सहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईसँग भेटघाट गरी कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नं. १ को विकास आयोजनाका कामहरुलाई तीव्रता दिन माग गरेको हो ।
टोलीले स्वास्थ्य मन्त्री यादवसँगको भेटमा पुनर्वास नगरपालिका वडा नं. ५ मा अवस्थित त्रिभुवन राष्ट्रिय हेल्थ पोष्टलाई २५ शैय्या सम्मको अस्पताल बनाउन माग गरेको छ । उक्त क्षेत्रमा कुनैपनि अस्पताल नभएको र मान्छेहरु बिरामी पर्दा कि त भारत, कि त धनगढी जानु पर्ने भएकाले अस्पताल चाहिएको पुनर्वास नगरपालिकाका मेयर जीवन थापाले बताए ।
त्यस्तै टोलीले तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत नेपाल भारतको सीमादेखि सिम्रीसम्म ५ किलोमिटर र डोकेबजारदेखि दोंदा नदीसम्म ३ किलोमिटर सडक पिच गर्ने कार्यलाई तीव्रता दिन संघीय मामिला मन्त्री पण्डितसँग माग गरेको छ ।
त्यसैगरी सहरी विकास मन्त्रालय अन्तर्गत विनियोजन भएको ६० करोड बजेट मध्ये परासन गाउँदेखि भानुबस्ती, सिम्री हुँदै दशरथबस्ती सम्म करिब ९ किलोमिटर बाटो पिच गर्न टोलीले सहरी विकास मन्त्रीसँग माग गरेको छ । उक्त बाटो पिच गर्नका लागि ३० करोड लाग्ने अनुमान गरिएको मेयर थापाले जानकारी दिए ।
पुनर्वास नगरपालिका भित्रै पर्ने कोटिहोम धार्मिक पर्यटकीय स्थल निर्माण गर्नका लागि समेत आफूहरुले सहरी विकास मन्त्रीको ध्यानाकर्षण गराएको मेयर थापाले बताए । नजिकै बन्दा ताल र १२ बिघा जग्गा रहेकाले उक्त क्षेत्र धार्मिक पर्यटकीय दृष्टिले महत्वपूर्ण हुने मेयर थापाको भनाई छ । यो आयोजनाका लागि ३० करोड बजेट छुट्याइएको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रमा चक्रपथ बनाउने सरकारको योजना छ । चक्रपथ बनाउनका लागि अहिले विनियोजन गरिएको बजेट अपुग हुने भएकाले बजेट थप्न माग गरिएको मेयर थापाले जानकारी दिए । त्यस्तै आईबिआरडी बजारदेखि प्रतिभा नगर बजारसम्म करिब डेढ किलोमिटर बाटो पिच गर्न छुट्याइएको रकम कम हुने भएकाले बजेट थपेर काम अगाडि बढाउन सहरी विकास मन्त्रीसँग माग राखिएको उनले बताए ।
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











