पर्यटनमन्त्री भट्टराईको पहिलो ‘एक्सन’: वायुसेवा निमगको एक महिनाभित्र अवस्था अध्ययन गर्न कार्यदल गठन
काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निमगको वर्तमान अवस्थाको अध्ययन गरी निगम सुधारका उपाय पहिचानका लागि सुझाव दिन कार्यदल गठन गरेको छ।
संस्कृतिस पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले धरासायी बनेको नेवानिको अवस्था उकास्न एक महिना भित्र प्रतिवेदन दिने गरी ५ सदस्यीय कार्यदल बनाइएको जानकारी दिए।
‘साउन १५ गते वाह! नेवानिको उद्घोष गरेको थिएँ। पछिल्लो एक साता म नेवानिकै लागि व्यस्त भएँ’, उनले भने, ‘नेवानिका विषयमा धेरै अध्ययन र कामहरु भएका छन्। यस विषयमा थप छलफल गर्न एउटा कार्यदल बनाएको छु।
त्यो कार्यदलले एक महिना भित्र प्रतिवेदन बुझाएपछि नेवानिको भेन्टिलेटर कहाँबाट खोल्ने हो खोल्छु।’ कार्यदलको संयोजकमा पूर्वसचिव सुशील घिमिरे रहेका छन्। त्यस्तै सदस्यहरुमा चार्टर्ड एकाउन्टेन्ट प्रमोद कर्ण, व्यवस्थापन विज्ञ डिमप्रकाश पौडेल, क्याप्टेन सुधीरसंशेर राई रहेका छन्। कार्यदलको सदस्य सचिवमा मन्त्रालयका सहसचिव बुद्धिसागर घिमिरेलाई तोकिएको छ।
मन्त्री भट्टराईले यहीबीचमा नेवानिसँग आफूले बिजनेस प्लान मगाएको पनि जानकारी दिए। त्यस्तै मन्त्री भट्टराईले विमानस्थलमा सञ्चालन भइरहेका पुराना गाडी हटाउन पनि निर्देशन दिएको बताएका छन्। ‘नेपालबाट विदेश जान र नेपाल आउन धेरै महँगो छ’, उनले भने, ‘तर विमानस्थल भित्र पुराना गाडीहरु सञ्चालन भएका छन्। यी गाडी हटाएर स्मार्ट गाडीहरु राख्न निर्देशन दिइसकेको छु।’
Comments
अरु समाचार
-
जावलाखेल चिडियाखानाका प्रमुखमाथि छानबिन थालियो, बर्ड फ्लु सङ्क्रमणको सूचना लुकाएको आरोप
काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखानामा बर्ड फ्लु (एच५एन१) सङ्क्रमण पुष्टि भएको जानकारी राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै नदिई...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...
-
केही दिनसम्म सम्पर्कविहिन पूर्व कार्यवाहक महालेखापरीक्षक अन्ततः मृत भेटिए
काठमाडौं । परिवारबाट केही दिनदेखि सम्पर्कविहिन भएका पूर्व कार्यवाहक महालेखा परीक्षक वामदेव शर्मा अधिकारी अन्ततः मृत फेला परे । उनको...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...











