धुम्बाराहीमा ‘होटल अकामा’ सञ्चालनमा
काठमाडाैं । काठमाडाैंको धुम्बाराहीमा दुई अर्ब नाै करोड रुपैयाँ लगानीमा होटल अकामा सञ्चालनमा आएको छ ।
१ सय ८ कोठा तथा २ सय १६ बेडसहित सञ्चालनमा आएको उक्त होटल सानिमा ग्रुपको लगानीमा निर्माण सम्पन्न भएको हो ।
होटलमा ९० डलरदेखि ६ सय डलरसम्मका कोठा उपलब्ध रहेका छन् । व्यायामशाला, स्िविमिङ पुल, रेस्टुरेन्ट, बार, कफी क्याफे, विभिन्न पार्टी तथा विवाह समारोह, बैठकका लागि ५ सय जनासम्म अटाउने सभाहलसहित प्रशस्त पार्किङको सुविधा रहेको होटेलले जनाएको छ ।
होटलको नवाैं तलामा रहेको चाओ बेला चाइनिज इटालियन रेस्टुरेन्टमा मनोरम दृश्यको अवलोकनसँगै अन्तराष्ट्रिय स्तरको खानाको स्वादका साथै उक्त स्थानमा प्रतिक्षालय, कफी सप, पुल, बार तथा रेस्टुरेन्टको सुविधा पनि रहेको जनाइएको छ ।
होटेलले प्रतिष्ठित साइबेक्सका उपकरणसहितको जिम क्लब पनि सञ्चालनमा ल्याएको जनाएको छ । अबको एक महिनाभित्र होटल पूर्णरुपमा सञ्चालनमा आउने तयारी भइरहेको छ । होटलमा स्थानिय नेवारी र हिमाली संस्कृतिको स्वा लिन सकिने जनाइएको छ । साथै ओपनिङ अफरको रुपमा होटलको रेस्टुरेन्टमा २० प्रतिशतसम्म छुटको व्यवस्था रहेको होटलका अध्यक्ष विनयकुमार श्रेष्ठले जनाए ।
विश्वस्तरिय आधुनिक सेवालाई नेपाली माैलिकतामा ढाल्ने प्रयाससहित सेवा सुविधामा विशेष जोड दिइएको होटलले जनाएको छ । सरकारले नेपाल भ्रमण वर्ष २०२० मा नेपालमा पर्यटक आगमन वृद्धि गराउन विभिन्न पहल गरिरहेका बेला पर्यटकलाई विभिन्न पहल गरिरहेका बेला पर्यटकलाई विभिन्न सुविधा दिलाउन सफल हुने होटलले विश्वास लिएको अध्यक्ष श्रेष्ठले जनाएका छन् ।
होटल सञ्चालनमा आएसँगै ४० जनाले प्रत्यक्ष रोजगारी पाउने छन् । होटलले बुकिङ समेत खुला गरिसकेकाले विस्तृत जानकारी लिन होटेलको वेबसाइटबाट जानकारी लिन सकिने होटलले जानकारी दिएको छ ।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












