नेपाली लगानीका उद्योग धरासयी पार्न उद्योगमन्त्री यादव सक्रिय
काठमाडाैं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले नेपाली लगानीमा संचालित उद्योगलाई धरासयी पार्न विभिन्न हत्कण्डा अपनाएको आरोप लाग्दै आएको छ ।
विभिन्न उद्योगमा अनुगमन र छापा मार्ने निहुमा उनले पछिल्लो समय सिल लगाउने काम गर्दै आएको व्यवसायीहरुले गुनासो गर्दै आएका छन् । स्वदेशी लगानीका उद्योगलाई प्रोत्साहन गर्नुको साटो बन्द गराउने र गलत मनशायका साथ राज्यलाई कर नतिर्नेको सुचीमा राख्ने काम गर्दै आएका छन् ।
उनले नेपाली उद्योगको व्यापार घाटामा सन्तुलन कायम र लगानी मैत्री वातावरण सिर्जना गर्न भूमिका खेल्नु पर्ने भएपनि उद्योगहरुलाई लथालिंग पार्ने र विभिन्न बार्गेनिङ गर्ने थलोको रुपमा लिन थालेका छन् ।
मन्त्री यादवले आफ्ना नजिकका मानिने व्यक्तिहरुलाई परिचालन गरेर देशैभरका उद्योगी व्वयसायीलाई तर्साउने काम गर्दै आएको भन्दै एक प्रतिष्ठित व्यवसायीले दुखेसो पोख्दै भने, मन्त्री कम्युनिष्ट मान्छे, सहज तरिकाले व्यवसाय गर्न सकिने भो भनेर खुशी भइएको थियो तर, उहाँको व्यवहार त कहाँ भन्नै गाह्रो हुने खालको रहेछ ।
सन्की र आफ्नो कुरा भएन भने रिस साध्ने गरेको आरोप खेप्दै आएका मन्त्री यादवले संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिमा समेत रडाको मच्चाएका थिए । समितिका अध्यक्ष सभापति विमल श्रीवास्तवसँग जुध्न खोजेका मन्त्री उठेर निस्किन लाग्दा नेकपा नेता देवेन्द्र पाैडेलले मनाएर बसाएका थिए ।
पछिल्लो समय मन्त्री यादवले विभिन्न कम्पनीमा प्रतिनिधि पठाएर सिल गर्नेदेखि विभिन्न चेतावनी दिने गरेको उद्योगीहरुले जनाउदै आएका छन् ।
एक उद्योगीले न्युज-नेपालसँगको कुराकानीमा भने, मन्त्री यादवबाट नेपाली लगानीमा संचालनमा आएका उद्योग विस्तारै धरासयी हुने र अन्तमा बन्द हुने स्थिति नै आउने देखिन्छ । अहिले भयावह रुपमा अव्यवहारीक रुपमा सिल गर्ने बन्द गराउने षडयन्त्र रच्ने खालका कदमहरु चाल्न खोजेको देखिन्छ । समग्रमा उद्योगीहरु त्रसित बन्दै गएका छन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












