नेपाली लगानीका उद्योग धरासयी पार्न उद्योगमन्त्री यादव सक्रिय
काठमाडाैं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले नेपाली लगानीमा संचालित उद्योगलाई धरासयी पार्न विभिन्न हत्कण्डा अपनाएको आरोप लाग्दै आएको छ ।
विभिन्न उद्योगमा अनुगमन र छापा मार्ने निहुमा उनले पछिल्लो समय सिल लगाउने काम गर्दै आएको व्यवसायीहरुले गुनासो गर्दै आएका छन् । स्वदेशी लगानीका उद्योगलाई प्रोत्साहन गर्नुको साटो बन्द गराउने र गलत मनशायका साथ राज्यलाई कर नतिर्नेको सुचीमा राख्ने काम गर्दै आएका छन् ।
उनले नेपाली उद्योगको व्यापार घाटामा सन्तुलन कायम र लगानी मैत्री वातावरण सिर्जना गर्न भूमिका खेल्नु पर्ने भएपनि उद्योगहरुलाई लथालिंग पार्ने र विभिन्न बार्गेनिङ गर्ने थलोको रुपमा लिन थालेका छन् ।
मन्त्री यादवले आफ्ना नजिकका मानिने व्यक्तिहरुलाई परिचालन गरेर देशैभरका उद्योगी व्वयसायीलाई तर्साउने काम गर्दै आएको भन्दै एक प्रतिष्ठित व्यवसायीले दुखेसो पोख्दै भने, मन्त्री कम्युनिष्ट मान्छे, सहज तरिकाले व्यवसाय गर्न सकिने भो भनेर खुशी भइएको थियो तर, उहाँको व्यवहार त कहाँ भन्नै गाह्रो हुने खालको रहेछ ।
सन्की र आफ्नो कुरा भएन भने रिस साध्ने गरेको आरोप खेप्दै आएका मन्त्री यादवले संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिमा समेत रडाको मच्चाएका थिए । समितिका अध्यक्ष सभापति विमल श्रीवास्तवसँग जुध्न खोजेका मन्त्री उठेर निस्किन लाग्दा नेकपा नेता देवेन्द्र पाैडेलले मनाएर बसाएका थिए ।
पछिल्लो समय मन्त्री यादवले विभिन्न कम्पनीमा प्रतिनिधि पठाएर सिल गर्नेदेखि विभिन्न चेतावनी दिने गरेको उद्योगीहरुले जनाउदै आएका छन् ।
एक उद्योगीले न्युज-नेपालसँगको कुराकानीमा भने, मन्त्री यादवबाट नेपाली लगानीमा संचालनमा आएका उद्योग विस्तारै धरासयी हुने र अन्तमा बन्द हुने स्थिति नै आउने देखिन्छ । अहिले भयावह रुपमा अव्यवहारीक रुपमा सिल गर्ने बन्द गराउने षडयन्त्र रच्ने खालका कदमहरु चाल्न खोजेको देखिन्छ । समग्रमा उद्योगीहरु त्रसित बन्दै गएका छन् ।
Comments
अरु समाचार
-
मौद्रिक नीतिलाई लगानी र निजी क्षेत्रमैत्री बनाउन चेम्बर अफ कमर्सको सुझाव
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव...
-
११ महिनामा आयातनिर्यात दुवै बढ्यो, व्यापार घाटा १६ खर्ब नाघ्यो
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको आयात र निर्यात दुवैमा वृद्धि भएको छ। भन्सार विभागले सोमबार...
-
ई–पासपोर्ट छपाइ प्रकरण : आरजुसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। गत असार...
-
नेपाल अझै सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा, थप सुधार आवश्यक
काठमाडौँ। सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले नेपाललाई अझै निगरानी सूची अर्थात्...
-
राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर यस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...











